कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्पले डसेर २ को मृत्यु

निजगढ — सर्पले डसेर कलैया अस्पतालमा उपचार गराउन आएका मध्ये एक नाबालिकासहित दुई जनाको मृत्यु भएको छ ।

सर्पले डसेर २ को मृत्यु

अस्पतालका चिकित्सक जगमोहन चौधरीका अनुसार विषालु सर्पले डसेर बाराको महागढीमाई नगरपालिका–१० गंजभवानीपुरकी २८ वर्षीया कान्ति देवी कुशवाहा र कोल्हवी नगरपालिका– ८ बोधवन माछागाउँकी रामनरेश धामीकी छोरी ९ वर्षीया सोनम कुमारी धामीको मृत्यु भएको हो ।


पसाहा खोला किनारामा घाँस काट्न जाँदा कान्ति देवी कुसवाहलाई सर्पले डसेको थियो । सोनम धामी भने साथीसँग खेल्न गएका बेला सर्पको डसाइबाट घाइते भएकी थिइन् ।


‘मृतक दुवैलाई उपचारका लागि समयमै अस्पताल पुर्‍याउन नसक्दा बचाउन सकिएन,’ अस्पतालका चिकित्सक चौधरीले भने, ‘उनीहरूलाई समयमा अस्पतालमा पुर्‍याउन सकेको भए बचाउन सकिन्थ्यो ।’ सर्पदंशका बिरामीहरू समयमा उपचार गर्न अस्पताल पुर्‍याउँदा निको भएर फर्किने गरेका छन ।


‘कलैया अस्पतालमा सर्पदंश बिरामीको उपचार प्रभावकारी छ,’ चिकित्सक चौधरीले भने, ‘तर गाउँबाट अस्पताल ल्याउन ढिलो गर्छन् ।’ उनका अनुसार वैशाखदेखि सर्पदंश घटना बढन थालेका छन् । ‘दैनिक ४/५ जना सर्पदंश बिरामी अस्पताल आउने गरेको चिकित्सक चौधरीले भने । ‘सर्पदंश बिरामीको उपचार थप प्रभावकारी बनाउन जरुरी छ ।’

प्रकाशित : असार ६, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?