बाढी व्यवस्थापनको माग

राजविराज — सप्तरीको पूर्वदक्षिण क्षेत्रका स्थानीय तहका प्रमुखले वर्षात्का बेला बाढीले दु:ख दिने गरेको भन्दै नियन्त्रणका लागि केन्द्रीयस्तरबाटै समुचित बजेटको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

बाढी व्यवस्थापनको माग

उनीहरूले चुरेको संरक्षण नभएसम्म नदी नियन्त्रण गर्न समस्या हुने भन्दै नदीका तटबन्धमा बोल्डर क्रेटिङसहित मजबुत तरिकाले गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकामा मंगलबार आयोजित अन्तरक्रियामा स्थानीय सरकारका प्रमुखहरूले गतवर्षको बाढीको चपेटामा परेकाहरू अझै पनि पुरानै अवस्थामा फर्किन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।

कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले भने निदी नियन्त्रण गर्नका लागि प्रदेश सरकार र केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने बताए । उनले गत वर्षको बाढीबाट क्षति भएका संरचना सुधारका लागि काम भइरहेको बताए । तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरले मधेसका गाउँमा नदी नियन्त्रण गर्न केन्द्रीय सरकारबाट ठोस योजना ल्याई समयमा नै काम गर्नुपर्ने बताए ।

अग्निसाइर कृष्णसरवण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले भने सप्तरीको खाँडो, महुली खोला, सुन्दरी खोलालाई बाढीबाट क्षति हुन नदिन ठूला योजना लागू गुर्नपर्ने बताए । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले भने चुरे क्षेत्रलाई संरक्षण, संवद्र्धन गरिए मात्र बाढीबाट जोगिन सक्ने बताए ।

प्रकाशित : असार ७, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?