संक्रमणकाल अझै कायमै : मुख्यमन्त्री राउत

जनकपुर — मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायमै रहेको बताएका छन् । निर्वाचन आयोगले बुधबार जनकपुरमा आयोजना गरेको प्रदेश २ निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले तीनै संघीय, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय र अस्तित्वलाई स्वीकार नगर्नुलाई संक्रमणकालको संज्ञा दिए ।

संक्रमणकाल अझै कायमै : मुख्यमन्त्री राउत

तीनै तहका सरकारबीच समन्वय गरेर अस्तित्वलाई स्वीकार गर्ने चुनौती रहेको उनको भनाइ थियो । तीनै तहका सरकारले एक–अर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने उनले बताए । संघीयतालाई सफल बनाउन न्यायपालिकाको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

न्यायपालिकाको सहयोगबिना संघीयता कार्यान्वयन हुन नसक्ने मुख्यमन्त्री राउतको दाबी थियो । स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा, र राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा मुख्यमन्त्री राउतले निर्वाचन आयोगलाई धन्यवाद दिए ।

प्रकाशित : असार ७, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?