३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विद्यालयलाई सात लाखको फर्निचर

बारा — ग्रामीण पुनर्निर्माण नेपाल सामुदायिक विकास कार्यक्रमले जिल्लाको फेटा गाउँपालिका ७ गम्हरियास्थित नेरामाविलाई शनिबार ७ लाखको फर्निचर प्रदान गरेको छ ।

विद्यालयलाई सात लाखको फर्निचर

संघीय सांसद रामबाबुकुमार यादव, प्रदेश सांसद पारसप्रसाद साहले उक्त फर्निचर प्रदान गरे । ‘विद्यार्थी बोरामा बसेर पढदै थिए ।

फर्निचर अभावको आवश्यकता बुझेर डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सीलगायत वितरण गरिएको छ,’ सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक विपिन दासले भने । १ सय डेस्क, १ सय बेन्च, १० कम्प्युटर टेबल, ३ दराज, २० थान कुर्सीलगायत फर्निचर वितरण गरिएको हो ।

प्रकाशित : असार १०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?