२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अवैध हतियारसहित प्रहरी पक्राउ

छोटकरी

सर्लाही — अवैध हतियार बोकेको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन् । सीमावर्ती हथिऔलको छन्कीटोल चौकीमा कार्यरत जवान नवीन कुमार यादवले ड्युटीमै अवैध हतियार बोक्ने गरेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

अवैध हतियारसहित प्रहरी पक्राउ

छिमेकी रौतहट जिल्लाको राजदेवी नगरपालिका घर भएका २६ वर्षीय यादवले आफ्नै सुरक्षाका लागि हतियार बोकेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनको साथबाट अवैध हतियार फेला परेको थियो । यादवलाई जिल्ला प्रशासनबाट म्याद लिई हिरासतमा राखिएको छ ।

प्रकाशित : असार १०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?