मधेस आन्दोलनका घाइतेलाई अार्थिक सहयोग उपलब्ध गराइने

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

मधेस आन्दोलनका घाइतेलाई अार्थिक सहयोग उपलब्ध गराइने

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले मधेश आन्दोलनको क्रममा घाइते भएकाहरुलाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताए ।


मन्त्रीपरिषदको बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समिति समेत गठन गरेको छ । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ ।


बैठकले मुख्य न्यायधिवक्ताको कार्यालयबाट प्राप्त कानूनी सहायता अधिकृतको नियुक्ति तथा सेवा सर्त सम्बन्धि निर्देशिका २०७५ लाई समेत स्वकृति प्रदान गरेको प्रवक्ता यादवले बताए ।

प्रकाशित : असार ११, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?