कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम नगर सभा

सिरहा — स्थानीय तहअन्तर्गत सिरहाका सबै नगरपालिकामा नगरसभा सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वर्षको दुईपटक सभा गर्नुपर्ने निर्दिष्ट गरेअनुरूप सिरहाका आठवटै नगरपालिकामा नगरसभा सुरु भएको हो । 

धमाधम नगर सभा

जिल्लामा आठ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह छन् । तीमध्ये लहान, धनगढीमाई, गोलबजारसहित सात नगरपालिकामा आइतबारदेखि नगरसभा सुरु भएको छ । सुखिपुर नगरपालिकाले शनिबार नै नगरसभा सम्पन्न गरिसकेको छ ।


जिल्लामै पुरानो र ठूलो नगरपालिका लहानको नगरसभा आइतबार कानुन तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले उदघाटन गरे ।


लहान नगरपालिकाका नगर प्रमुख मुनि साहले सभामा आर्थिक वर्ष ०७५/७६ को नीति, कार्यक्रम र बजेट संक्षेपीकरण सार्वजनिक गरे ।


नगरप्रमुख साहले संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त र आन्तरिक गरी १ अर्ब ३५ करोड २५ हजारको आय अनुमान नगरसभामा प्रस्ताव गरे । त्यसैगरी व्ययतर्फ चालु खर्च ६० करोड ७८ लाख ६७ हजार र पुँजीगत खर्च ७४ करोड २१ लख ५८ हजार प्रस्तावित गरिएको छ ।


आर्थिक वर्ष समाप्त हुन केही दिनमात्र बाँकी रहँदा भौतिक पूर्वाधार लगायत विकास काममा क्रियाशील सिरहाका स्थानीय तहले नगरसभा गर्नैपर्ने कानुनी प्रावधानका कारण कतिपय नगरपालिकाले हतारमा नगरसभा गर्नुपरेको बताएका छन् ।

प्रकाशित : असार ११, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?