विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रदेश सांसदको माग 

जनकपुर — प्रदेश सभा बैठकमा नेकपाका सांसद रामचन्द्र मण्डलले विशाक्त मदिरा सेवनबाट धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा छ जनाकाे मृत्यु भएको घटना छानबिन गर्न माग गरेका छन् ।

विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रदेश सांसदको माग 

बिहीबारको संसद् बैठकमा मण्डलले प्रहरीकै संलग्नतामा मदिरा बिक्री भएकाे भन्दै घटनाको छानबिन गर्न माग गरेका हुन् ।


यस्तै कांग्रेस सांसद नरेश यादवले प्रदेश २ लाई मदिरामुक्त प्रदेश बनाउने विधेयक ल्याउन माग गरेका छन् ।


धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार छ जनाको मृत्यु भएको थियो । आधा दर्जन बढी सिकिस्तको उपचार भइरहेको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राजविर महतो, गंगा पासवान, कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र कमला नगरपालिका–६, सिग्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारीको मृत्यु भएको हो । मंगलबार साँझ अत्यधिक रक्सी सेवन गरेर घर फर्किएका उनीहरूको अवस्था रातिदेखि नै बिग्रन थालेको थियो ।


यो पनि पढ्नुहोस्ः

विषाक्त रक्सीले ४ को मृत्यु, आधा दर्जन बिरामी


प्रकाशित : असार १४, २०७५ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?