कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

१० जुवाडेमाथि मुद्दा चलाईयो 

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–१ स्थित बागमती बजारमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका १० जनालाई बिहीबार जुवा ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।

१० जुवाडेमाथि मुद्दा चलाईयो 

प्रहरीले उनीहरुलाई बुधबार जुवाको खालसहित पक्राउ गरेको थियो ।


बागमतीका शेषलाल योञ्जनको घरमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रदेश नम्बर २ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको संयुक्त टोलीले धनुषा, महोत्तरी, सर्लाही र रौतहटका १० जना जुवाडेलाइ पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा धनुषा सबैला नगरपालिका–२ का मुकेश पुर्वे, किशोरी साह, महोत्तरी गौसला–८ का फेकन यादव, सजित साह, सर्लार्ही लालबन्दी–१ का नागेन्द्र चौधरी, चुनिलाल चौधरी, बागमती–५ का रामकाजी खड्का, नवल ठाकुर, चन्द्रपुर–१० का किशोर चौधरी र गरुडा–४ का हेमनारायण चौधरी रहेको डीएसपी शान्तिराज कोइरालाले बताए ।


डीएसपी कोइरालाका अनुसार जुवाको खालबाट ५ लाख ६७ हजार ३ सय १० नेपाली र ६ सय ६० भारतीय नोट तथा १६ थान कौडा र १ बुक तास बरामद गरिएको हो । प्रहरी टोली जुवा भएको स्थान पुग्दा घर पत्ता लाग्न नसकेपछि जुवाडेहरु भाग्न खोज्दा पक्राउ परेका हुन । यस स्थानमा लामो समय देखि जुवा हुने गरेको स्थानीयको भनाई छ ।


ईन्चार्ज तानिए

बागमती बजारमा निर्वाध रुपमा जुवाजन्य खेल हुँदा बेखबर बनेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रहरी चौकी पौराईका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिनेश चौलागाईँलाई कार्यालय तानेको छ ।


उनलाई सोधपुछ तथा छानबिनका लागि तानिएको प्रहरी स्रोतले बतायो ।

प्रकाशित : असार १४, २०७५ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?