२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३
प्रदेश २

Pradesh-2

फेटा गाउँपालिकाको लेखापाल घुससहित पक्राउ 

फेटा गाउँपालिकाको लेखापाल शौरभकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले घुससहित रंगेहात पक्राउ गरेको छ । 

फेटा गाउँपालिकाको लेखापाल घुससहित पक्राउ 

समितिमार्फत प्रहरी ऐन टुंग्याइने

प्रदेश सरकारले टेबल गरेको प्रदेश प्रहरी ऐनको दफाबार छलफलका लागि प्रदेशसभाले विशेष समिति गठन गरेको छ । प्रदेशसभाका ६ जना सदस्यको समिति गठन गरिएको हो । ऐन अध्ययन, अन्तरकृया र दफावार छलफलका लागि ६० दिनको समय तोकिएको छ ।

समितिमार्फत प्रहरी ऐन टुंग्याइने

मेयरलाई तारेखमा छाडियो

जिल्ला प्रशासन कार्यालय गौरले मंगलबार गढीमाई नगरपालिकाका मेयरसहित ५ जनालाई नियन्त्रणमा लिई साँझ छाडेको छ । चन्द्रपुर नगरपालिकास्थित होटल हिमालयनबाट मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल लगायतका कर्मचारीलाई नियन्त्रणमा लिइएको हो ।

मेयरलाई तारेखमा छाडियो

बाढीले पुल भत्काउँदा आवागमन ठप्प

बाढीले जंगाहा पुलमा क्षति पुर्‍याएपछि प्रहरीले आवागमनमा रोक लगाएको छ । बाढीले सडकसँग जोड्ने पुलको पूर्वी भाग ‘अवोटमेन्ट वाल’ मा क्षति पुर्‍याएको हो । सार्वजनिक आवागमन ठप्प भएपछि महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले क्षतिग्रस्त पुलको निरीक्षण गरे ।

बाढीले पुल भत्काउँदा आवागमन ठप्प

तरकारीको मूल्य अकासियो

वर्षायामको सुरुवातमै वीरगन्जमा हरियो तकारीको मूल्य अकासिएको छ । साता अघिको भन्दा हाल प्राय: सबै तरकारीको मूल्य दोब्बर, तेब्बरसम्म बढेको छ । परवल, बोडी, भिन्डी, लौका, घिरौंला, झिङ्नी, करेला, भान्टा, गोलभेंडा, काँक्रो, बन्दा, काउली, मुला, खुर्सानी, धनिया लगायतको मूल्य ह्वात्तै बढेको छ ।

तरकारीको मूल्य अकासियो

थारू महिलामा आत्मविश्वास बढ्दै

जितपुर सिमरा उपमहानगर ११ खेस्रौलकी ४८ वर्षीया महगी चौधरीको दैनिकी व्यस्तताले भरिएको छ । बिहान सबेरै उठेर घरको चुलोचौका सक्याएपछि उनी मकै बाली स्याहार्न खेतमा पुग्छिन् । ४ बिघा खेतमा मकै खेती गरेकी उनको खेतको मकैको घोगा दाना लागिसकेको छ ।

थारू महिलामा आत्मविश्वास बढ्दै
असार २७, २०७५

प्रहरी ऐनको विरोध

प्रदेश २ को सरकारले पेस गरेको प्रदेश प्रहरी ऐनमा दलित समुदायलाई छुट्टयाएको आरक्षण कम भएको भन्दै विरोध भएको छ । मधेसी दलित समुदायले प्रदेश प्रहरी ऐनमा आरक्षणको प्रतिशत बढाउनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।

प्रहरी ऐनको विरोध

मालपोत कार्यालय सार्ने निर्णय खारेजीको माग

सिमरामा मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारी निर्णय खारेज हुनुपर्ने यहाँका राजनीतिक दलका नेता, सांसद, स्थानीय जनप्रतिनिधिलगायत संघसंस्थाले माग गरेका छन् ।

मालपोत कार्यालय सार्ने निर्णय खारेजीको माग

आईसीपी–सुक्खा बन्दरगाहमा सुविधा कम

सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ३ साताअघि मालवाहक कन्टेनर बोक्ने उपकरण रिचस्टेकरमा अचानक आगलागी भयो । बन्दरगाह परिसरमा आगो नियन्त्रण गर्ने प्रविधि भए पनि त्यसको प्रयोगले आगो समयमा नियन्त्रण हुन सकेन ।

आईसीपी–सुक्खा बन्दरगाहमा सुविधा कम