१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फेटा गाउँपालिकाको लेखापाल घुससहित पक्राउ 

लक्ष्मी साह

बारा — फेटा गाउँपालिकाको लेखापाल शौरभकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले घुससहित रंगेहात पक्राउ गरेको छ । 

फेटा गाउँपालिकाको लेखापाल घुससहित पक्राउ 

एचआईभी नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकोमा त्यसको भुक्तानी दिने क्रममा सेवाप्रदायक संस्थाबाट ३० हजार नगद घुस लिइरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको आयोगको हेटौडास्थित कार्यालयले जनाएको छ ।


उनलाई बिहीबारै काठमाडौंस्थित आगोगको केन्द्रीय कार्यालयमा थप अनुसन्धानको लागि पठाइने बताइएको छ । लेखापाल साह फेटा बजारस्थित गाउँपालिका कार्यालयको आफ्नै कार्यकक्षबाट पक्राउ परेका हुन् । स्थानीय तह गठन भएदेखि जिल्लामा घुसलिदालिदै पक्राउ परेको यो पहिलो घटना हो ।

असार महिनामा सामाजिक कार्यक्रमतर्फ भइरहेको तालिम, गोष्ठी, सार्वजनिक सुनुवाई जस्ता केही घण्टे कार्यक्रबाट स्थानीय तहले हाकाहाकी ३० देखि ४० प्रतिशत घुस लिइरहेको सेवाप्रदायक संस्थाका एक अधयक्षले बताए ।


त्यस्तै भौतिक निर्माणमा पनि जनप्रतिनिधि तथा कर्मचारीले त्यही हाराहारीमा उपभोक्ताबाट घुसबापत रकम लिइरहेको उपभोक्ताहरुको गुनासो गरेका छन् ।


प्रकाशित : असार २८, २०७५ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?