कराँतेकी अञ्जना पुरस्कृत

जनकपुर — सर्लाही, लालबन्दी–५ की अञ्जना शिवाकोटीलाई प्रदेश २ को सरकारले पुरस्कृत गरेको छ । बेलारुसमा सम्पन सातौं अन्तर्राष्ट्रिय मार्सल आर्टमा तेक्वान्दोको ६३ किलो तौलमुनि समूहमा कास्यपद विजेता शिवाकोटीलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

कराँतेकी अञ्जना पुरस्कृत

जनकपुरमा सोमबार आयोजित खेलाडीहरूको सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दोसल्ला ओढाएर नगद पुरस्कारसहित शिवाकोटीलाई सम्मान गरे । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बाट सहभागिता जनाएर खेलको माध्यमबाट नेपालको नाम उच्च बनाएको भन्दै शिवाकोटीलाई सम्मान गरिएको हो ।

सातौं अन्तर्राष्ट्रिय मार्सल आर्टमा ३४ मुलुकबाट सहभागी खेलाडीमध्ये नेपालको प्रतिनिधित्व गर्दै कास्य पदक जितेकी उनले २०६७ मा दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्यम्पिएनमा दोस्रो स्थान प्राप्त गर्दै रजत पदक जितेकी थिइन् । पुरस्कृत शिवाकोटीले ११ औं सिनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो र ५ औं सिनियर तथा जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दोमा प्रथम भएकी थिइन् ।

कार्यक्रममा तेस्रो अल नेपाल क्युकुसिन बुडो क्यु कराँते च्याम्पियन २०१८ प्रतियोगितामा सहभागी भएर पदक विजेता जिल्ला कराँते संघ धनुषाका खेलाडीलाई सम्मान गरेका थिए । कराँते खेलाडी विकास झा, सर्वणकुमार यादव, प्रतिपकुमार यादव, दिलिपकुमार मण्डल, रामेश्वर महरा, नितिश चौधरी, ध्रुवकुमार मण्डलाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत गरेको हो ।

प्रकाशित : श्रावण १, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?