कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बजेटमा प्रोत्साहन भत्ता

राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँँपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ३० करोड ७२ लाख ८८ हजार ९ सय रुपैयाँँको बजेट सार्वजनिक गरेको छ ।

बजेटमा प्रोत्साहन भत्ता

गाउँँसभापश्चात सोमबार बजेट सार्वजनिक गर्दै गाउँँपालिका अध्यक्ष सतिशकुमार सिंहले कुल बजेटको चालुतर्फ १७ करोड ९६ लाख ३८ हजार ९ सय रुपैयाँ र पँुजिगततर्फ १२ करोड ७६ लाख ५० हजार छुटयाइएको बताए ।


तिलाठी कोइलाडी गाउँँपालिकाको कुल आन्तरिक आम्दानी ५० लाख रुपैयाँ प्रस्ताव गरे । गाउँसभाले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहनस्वरूप प्रतिमहिना जनही १ हजारका दरले प्रदान गर्दै आइरहेकोमा ०७५/७६ देखि ५ सय रुपैयाँ थप गरी १ हजार ५ सय दिने, चारपटक गर्भ जाँच गराई स्वास्थ्य संस्थामा प्रसूति भई ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराउने महिलालाई प्रोत्साहन स्वरूप गाउँपालिकाबाट सम्मान गरिने निर्णय गरेको छ ।

गाउँँपालिका बाढीबाट अति प्रभावित रहेकाले बाढीको पूर्वसूचना दिन आगामी आर्थिक वर्ष ०७५/७६ बाट स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र बनाइने, गाउँँपालिकामा २५ लाख रुपैयाँँको विपद् व्यवस्थापन कोषलाई विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिने निर्णय समेत गाउँसभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झाले जानकारी दिए ।


बालबालिकामा रहेको कुपोषणको अवस्थालाई सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिने, बालमैत्री स्थानीय शासन अवलम्बन गरी गाउँँपालिकालाई आव ०७६/७७ भित्र कम्तीमा दुईवटा वडालाई बालमैत्री बनाउन कार्यक्रम सञ्चालन गरिने निर्णय समेत गाउँसभाले गरेको छ ।

गाउँपालिकालाई बालश्रम तथा बालविवाह मुक्त गर्न आवश्यक नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गरिने, गाउँँपालिकालाई पोषणयुक्त गाउँँपालिका बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने अध्यक्ष सिंहले बताए ।


प्रकाशित : श्रावण २, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?