कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

लागूऔषधसहित दुई युवा पक्राउ

रवीन्द्र उप्रेती

महोत्तरी — लागूऔषध ओसारपसारमा संलग्न दुई युवालाई जलेश्वरस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा डडेलधुराको अमरगढी नगरपालिका-१ का २० वर्षीय सुरेन्द्र ऐर र मोरङ उर्लाबारी नगरपालिका-३ का १९ वर्षीय प्रशान्त पाण्डे छन् ।

लागूऔषधसहित दुई युवा पक्राउ

जलेश्वर नगरपालिका-३ मलिवारास्थित बसपार्कमा बिहीबार सशस्त्र प्रहरी निरीक्षक प्रकाश भट्ट नेतृत्वको टोलीले जाचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।


जनकपुर जान लागेको बसमा चढ्न लागेका उनीहरुको झोला तलासी लिँदा ८ सय थान लागूऔषध ‘नाईट्राजेपाम’ फेला परेपछि दुवैलाई पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक भट्टले जनाए । पक्राउलगत्तै सशस्त्र प्रहरीले सोधपुछ गर्दा ऐर र पाण्डेले आफूहरु केही समयदेखि काठमाडौं बस्दै आएको बताएका छन् । दुवैले दुर्व्यसनीहरुलाई बिक्री वितरण गर्न ओसारपसार गरेको सशस्त्रको आशंका छ ।


सशस्त्रले बरामद लागुऔषधसहित उनीहरुलाई प्रहरीको जिम्मा लगाएको छ । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक विज्ञान बस्नेतका अनुसार दुवैमाथि लागूऔषध ओसारपसार मुद्दा दर्ता गरी कारबाही सुरु गरिएको छ ।

उनीहरुलाई हिरासतमा राखि अनुसन्धान गर्न महोत्तरी जिल्ला अदालतले ६ दिनको म्याद दिएको जनाइएको छ ।

प्रकाशित : श्रावण ३, २०७५ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?