कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ओझेलमा पर्सागढी

अन्तर्राष्ट्रिय युद्धका विजयी योद्धाको गाथालाई इतिहासका पन्नामा सीमित पार्दै पर्सागढीको महत्त्वलाई बेवास्ता
भूषण यादव

वीरगन्ज — विस १८७१ मा इस्टइन्डिया कम्पनीसँग भएको युद्धमा नेपाल विजयी भएको स्थल पर्सागढी अहिले ओझेलमा परेको छ । वीरगन्जभन्दा २२ किलोमिटर पश्चिममा रहेको गढीको नामले पर्सागढी नगरपालिका घोषणा भएको छ । जिल्लाको नामकरण पनि यही गढीबाट भएको मान्यता छ ।

ओझेलमा पर्सागढी

तत्कालीन महाराजधिराज गिर्वाणयुद्ध वीर विक्रम शाहको शासनकालमा १८७१ चैत ८ मा भीमसेन थापा, यदय गिरी, समशेर शाम, रणध्वज थापा र दलभन्जन पाण्डेमार्फत जारी भएको लालमोहरले यस गढीको ऐतिहासिक, पुरातात्त्विक महत्त्व पुष्टि गरेको छ ।

तत्कालीन युद्धमा स्थानीय रञ्जित चौधरीको उल्लेखनीय योगदान रहेको लालमोहरमा उल्लेख छ । त्यति बेला इस्टइन्डिया कम्पनी (ब्रिटिस सरकार) ले नेपालका ५ वटा नाकाबाट आक्रमण गरेको थियो । जसमध्ये २ नाकामा ब्रिटिस तथा ३ स्थानमा नेपाली सेना विजयी भएको थियो । विजयी गढीमध्येको पर्सागढी पनि एक हो ।

युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ छ । स्थानीय बृजकुमार चौधरीका अनुसार बदलिँदो राजनीतिक परिवेशमा अन्तर्राष्ट्रिय युद्धका विजयी योद्धको गाथालाई इतिहासका पन्नामा सीमित पार्दै पर्सागढीको महत्त्वलाई बेवास्ता गरिएको छ । प्रत्येक साल बडादसैंको नवमीदेखि मालपोत र जिल्ला प्रशासन कार्यालयबाट पर्सागढीमा बलिदिने परम्परा रहिआएको छ । यहाँ नवमीका दिन मेला लाग्ने गरेको छ । ऐतिहासिक युद्ध २ सय वर्ष पूरा भएको सन्दर्भमा ०७२ सालमा पर्सागढी महोत्सवको आयोजना भएको थियो ।

पर्सागढी ६ को बागेश्वरी तित्रौनाबाट गढीसम्म जानेबाटो कच्ची छ । खोलामा पुल छैन । ‘संरक्षण र प्रवद्र्धनका लागि खोलामा पुल निर्माण आवश्यक छ,’ चौधरीले भने, ‘सडक स्तरोन्नति गरी ग्राभेल हाल्ने योजना छ ।’पर्साको मात्र नभई नेपालकै ऐतिहासिक गौरवका रूपमा रहेको यो गढी सरकारी उपेक्षामा परेको चौधरीको गुनासो छ । ‘नगरपालिकाले पनि गढीको संरक्षण र प्रवद्र्धनका लागि कुनै चासो लिएको छैन,’ उनले भने, ‘विगतमा हाम्रै समुदायबीचको मनमुटावले पनि यो ऐतिहासिक युद्धस्थल ओझेलमा परेको हो ।’

स्थानीय सोहन चौधरीका अनुसार मन्त्री तथा सांसदहरू पटक–पटक गढीमा पुगी विजयी ऐतिहासिक र पौराणिक मान्यतालाई चिनाउँदै पर्यापर्यटनसँग जोड्ने प्रतिबद्धता जनाउँदै आए पनि कसैले प्रतिबद्धता पूरा गरेनन् । स्थानीय थारू परिवारले मन्दिर मर्मत तथा गेट निर्माण गरेका छन् ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?