हज गर्न जाने यात्रीलाई बिदाइ

कान्तिपुर संवाददाता

जनकपुरधाम — प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाबाट हज गर्न जाने यात्रीलाई शनिबार बिदाइ गरेका छन् । उनले पाकिजा नुरी कमिटिद्वारा आयोजित कार्यक्रममा हज यात्रीलाई प्रदेश र मुलुकको समृद्धिका लागि काम गर्न आग्रह गरे । 

हज गर्न जाने यात्रीलाई बिदाइ

उनले हज यात्रीलाई हजको प्रक्रियाबारे जानकारी नभएका कारण पनि समस्या भोग्नु परिरहेकालाई ध्यानमा राख्दै प्रदेश सरकारको तर्फबाट हज यात्रीका लागि प्रशिक्षणको व्यवस्थाको गर्ने आफ्नो सोच रहेको जानकारी गराए । शिक्षा नै समृद्धिको मूल आधार रहेकाले बालबालिकाको शिक्षामा जोड दिन धर्मगुरू र अगुवालाई उनले आग्रह गरे । यसवर्ष धनुषा जिल्लाबाट १२ महिलासहित ३२ जना हज यात्रामा जान लागेका छन् ।

प्रकाशित : श्रावण १२, २०७५ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?