१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जिल्ला पशु सेवा कार्यालय यथावत राख्न माग गर्दै प्रदर्शन

पवन यादव

निजगढ — जिल्ला पशु सेवा कार्यालय कलैयालाई यथावत राख्नु पर्ने माग गर्दै शुक्रबार स्थानीय किसानले प्रदर्शन गरेका छन् ।

जिल्ला पशु सेवा कार्यालय यथावत राख्न माग गर्दै प्रदर्शन

नयाँ संरचना तयार गरी वीरगन्जमा कार्यालय स्थापना गर्न लागिएको भन्दै यहाँका पशु पालक किसान कृषक संघर्ष समिति बारा गठन गरेर चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । जुलुसले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर सकिएको थियो ।


स्थायी पशु सेवा कार्यालय तथा पशु सेवा केन्द्रहरुलाई समेत सरकारले पुरानो संरचना खारेज गरी प्रदेश सरकार मातहतमा रहने गरी भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा परिणत गरेको थियो । पछिलो समयमा उक्त अस्पताल तथा केन्द्रलाई कलैयाबाट सारेर पर्साको वीरगन्जस्थित कार्यालयमा गाभेपछि यहाँका किसान आन्दोलित भएका हुन् ।


संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई माग उल्लेखित ज्ञापनपत्र समेत दिएको छ । प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बुझ्दै किसानको मागलाई केन्द्रमा पठाउन र पूरा गर्न पहल गर्ने आश्वासन दिएका संघर्ष समिति संयोजक ओमप्रकाश यादवले जानकारी दिए । उनले सरकारले जनताको घर घरमा सेवा पुर्‍याउने गरी सेवाको दायरा फराकिलो बनाइरहेको अवस्थामा पशु सेवा केन्द्रिकृत गरेको भन्दै आपत्ति जनाए ।


अति संवेदनशील कार्यालय भेटेरीनरी अस्पताल र पशु विज्ञ केन्द्र कलैयालाई यथावत नराखे आन्दोलनलाई कडा बनाउने चेतावनी समेत उनले दिए ।

प्रकाशित : श्रावण १८, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?