२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सवारी दुर्घटनामा बालकको मृत्यु, चार घाइते 

पवन यादव

निजगढ — बाराको पथलैया–निजगढ सडक खण्डमा शनिबार अपरान्ह भएको सवारी दुर्घटनामा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट खेस्राहा घर भएका ५ वर्षीय अमितकुमार यादव रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

सवारी दुर्घटनामा बालकको मृत्यु, चार घाइते 

दुर्घटनामा घाइते अमितको उपचारको क्रममा मृत्यु भएको हो ।


पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ४४ प २५०५ नम्बरको मोटरसाइकललाई सोही दिसाबाट पूर्वतर्फ जाँदै गरेको ना २९ प ३३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा अमितका बुवा ४५ वर्षीय रामवचन यादव र आमा अनितादेवी यादवसमेत गम्भीर घाइते भएका छन् । यादव परिवार ना ४४ प २५०५ नम्बरको मोटरसाइकलमा सवार थिए ।


ठक्कर दिने मोटरसाइकल चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका रातोमाटे बस्ने ५० वर्षीय सन्तलाल दोङ र उनकी पत्नी छन्दीमाया तामाङसमेत घाइते भएका छन् । घाइतेहरुमध्ये यादव परिवारलाई उपचारको लागि सिमरास्थित अल्पाइन अस्पताल र तामाङ परिवारलाई निजगढ सामुदायिक अस्पतालमा पुर्‍याइएको थियो । यादवद्वयको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण १९, २०७५ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?