सेनाद्वारा बम निष्क्रिय

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपवश्चिम राजमार्गको पुरानो ट्राफिक पोष्ट अगाडिको पैनीमा मंगलबार बिहान बम फेला परेको छ । उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

रौतहटको चन्द्रनिगाहपुर स्थित पैनीमा राखेको बम हेर्दै सर्वसाधरण । तस्बिर : शिव पुरी/कान्तिपुर 

राजमार्ग छेउको पैनीको डिलमा राखेको बम स्थानीयले देखेर बिहान प्रहरीलाई खबर गरे पछि डिस्पोज गर्न सेनाको इन्द्रबक्स गणको टोली आएको हो । डिस्पोजका क्रममा झण्डै डेढ घण्टा राजमार्ग अवरुद्ध भएको थियो ।

Yamaha

इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी शान्तिराज कोइरालाले बम कसले राखेको भन्ने अहिलेसम्म नखुलको बताए ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आफ्ना नेता पक्राउ गरेको बिरोधमा मंगलबार बन्दको आब्हान गरेको छ ।

बन्दको प्रभाव छैन
नेता पक्राउको बिरोधमा आब्हान गरेको बन्दको जिल्लामा कुनै प्रभाव छैन । सदरमुकाम गौर, गरुडा, कटहरिया लगायतका स्थानका बजार, पशल खुलेका छन् । पूर्वपश्चिम राजमार्गमा सवारी चलेका छन । सुरक्षाकर्मीले सबै सवारी स्कटिङको ब्यवस्था गरेको छ । जिल्ला भित्र कतै अप्रिय घट्ना नभएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

प्रकाशित : श्रावण २९, २०७५ ०९:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रोकिराखेका २ वटा ट्रकमा आगजनी

नारायण शर्मा

नवलपरासी — अज्ञात समूहले महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखेका २ वटा ट्रकमा आगजनी गरेका छन् । महेन्द्रराजमार्गको रत्न पेट्रोलपम्प नजिक रोकिरहेको ना२ख २५४८, ना२ख ८४८७ पराल बोकेको गाडिमा आगजनी गरेको हो । 

सोमबार राति १ बजेतिर मुख छोपेर आएका ४ जनाले गाडिमा आगजनी गरेर भागेका थिए। प्रहरीको सीसीटीभीमा आगजनी गर्नेहरुको गतिबिधि देखिएपछि तत्काल पुगेको प्रहरीले नारायणी नदी किनारमा ट्रक लगेर दमकलको सहयोगबाट आगो निभाएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ। प्रहरीको सक्रियताकाले दुवै ट्रकको इन्जिन जोखिएको छ।

राजमार्गमा राखेको सीसीटीभी क्यामेरामा आगजनी गर्नेहरुको गतिबिधि देखिएका कारण उनीहरुको पहिचान हुने प्रहरीको दाबी छ। मंगलबार बन्कदको आव्हान गरेको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगजनी गरेको प्रहरीको भनाई छ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT