कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्री ओलीले प्रदेश २ को सभालाई सम्बोधन गर्ने

सन्तोष सिंह

जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी मुख्यमन्त्री लालबाबु राउतबाट प्राप्त भएको प्रदेश २ का सभामुख सरोज कुमार यादवले बताए ।

प्रधानमन्त्री ओलीले प्रदेश २ को सभालाई सम्बोधन गर्ने

भदौ २ गते ११ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मुख्यमन्त्री लालबाबु राउतले पुष्टी गरेका छन् । 'प्रधानमन्त्रीले प्रदेश सभा सम्बोधन गर्ने तयारी भएको छ,' मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले उहाँको स्वागत गर्ने छ ।’


प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश सभामा सम्बोधन गर्ने मौखिक जानकारी आएपनि पत्र नआएको तर तयारी प्रक्रिया सुरु भइसकेको प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले बताए ।

प्रकाशित : श्रावण २९, २०७५ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?