शरीरमा टेप टाँसेर तस्करी

कान्तिपुर संवाददाता

पर्सा — शरीरमा सेटिङ गरी टेप लगाएर लागूऔषध बोकेर ल्याउँदै गरेका एक युवक सोमबार वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्ने लमजुङ जोर्नी डाँडाका १९ वर्षीय सुभाष घले हुन् ।

उनलाई वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोक क्षेत्रबाट वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी हवल्दार अर्जुन बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले जाँच गर्ने क्रममा घलेको शरीरबाट ६९ गोटा डाइजोल्याव, ७२ गोटा नोफिन र ७१ गोटा फेनारगन गरी २ सय १२ गोटा लागूऔषध बरामद गरेको हो ।

Yamaha

पक्राउ परेका घलेलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिआएका प्रनानि नकुल गौतमको जिम्मा लगाई आवश्यक कारबाहीका लागि पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए । सीमामा पछिल्लो समय गरिएको कडाइपछि तस्कर समूहले तस्करीको नयाँ-नयाँ जुक्ति निकालेको हुन सक्ने उनले बताए ।

प्रकाशित : श्रावण २९, २०७५ १७:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मलेसियामा घूस दिएको आरोपमा दुई नेपालीलाई जेल सजाय

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीलाई घूस बुझाएको अभियोगमा मलेसियामा दुई नेपालीलाई १ महिनाको जेल सजाय सुनाइएको छ । उनीहरुलाई जनही १० हजार रिंगिट जरिवानालगायत सजाय पनि तोकिएको छ ।

प्रतिकात्मक तस्बिर

सुरक्षागार्डको काम गर्ने ३० वर्षीय सत्यनारायण चौधरी र कन्हैयालाल दास ४० पेनांगस्थित सेसन कोर्टले उक्त सजाय सुनाएको मलेसियाली समाचार संस्था बर्नामाले उल्लेख गरेको छ । समाचारअनुसार उनीहरुले मोटरसाइकलमा यात्रा गर्दा प्रहरीलाई १५० रिंगिट घूस अफर गरेका र गल्ती स्वीकार गरेका बताइएको छ ।

जरिवाना रकम उनीहरु दुवैले तिरेका र जेल सजाय जुलाई २९ देखि नै गणना हुने गरी निर्णय सुनाएको बताइएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ १७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT