आईसीपीमा पूर्वाधार थपिँदै

कान्तिपुर संवाददाता

पर्सा — सञ्चालनमा आएको ४ महिना नबित्दै वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) मा धमाधम पूर्वाधार बिस्तार गर्न लागिएको छ ।

भारत सरकारले उपहारस्वरूप निर्माण गरिदिएको आईसीपीमा निर्माण डिजाइनिङमै त्रुटि रहेको र उति बेलै सुधार गर्नुपर्ने आवाज वीरगन्जका उद्योगी व्यवसायी तथा भन्सार एजेन्टहरूले समेत उठाउँदै आएकोमा त्यति बेला उनीहरूको सुझावलाई नजरअन्दाज गरिएको थियो ।


अन्तत: आईसीपी सञ्चालनमा आएपछि त्यहाँ गोदाम, भन्सार जाँचपास कक्ष, पार्किङ यार्ड, क्वारेन्टाइन भवनमा कक्ष, डोरमेट्री भवन, सवारी चालकलाई भान्सा कोठा, गेट अफिस, सुरक्षा भवन आदिको कमी महसुस भएपछि आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिले यस वर्ष यी पूर्वाधार निर्माणका लागि करिब २५ करोड विनियोजन गरेको छ । आईसीपीस्थित इन्टर मोडल यातायात विकास समितिका कार्यालय प्रमुख हेमेन्द्र मोहन शाहीले समितिले यस वर्ष विनियोजन गरेको २५ करोड बजेटमध्ये ३ हजार मेट्रिक टन क्षमताको एउटा गोदाम र भन्सार जाँचपास कक्षको सेड निर्माणका लागि ५ करोडको टेन्डर आहान गरेर टेन्डर सकार गरी निर्माण व्यवसायीले केही दिन भित्रै काम थाल्न लागेको बताए ।

Yamaha


हाल आईसीपीको पश्चिम उत्तर कुनामा २ वटा मात्र साना गोदाम छन् । दुबै गोदाममा गरी कुल १ हजार ३ सय ७४ वर्गमिटर मात्र स्थान मालबस्तु भण्डारणका लागि उपलब्ध छ । एउटा गोदाम ६ वटा कन्टेनरको मालबस्तुले भरिन्छ । मुलुककै सर्वाधिक ठूलो तथा अति व्यस्त यो भन्सार बिन्दुमा अत्यन्त ठूलो गोदामको आवश्यकता हुन्छ । वीरगन्ज भन्सार कार्यालयको यार्डमा भन्सारको आफ्नै र नेशनल ट्ेरडिङको गोदामले जसोतसो धानेकोमा हाल यो भन्सार परिसरमा साविकको जत्तिको पनि गोदाम उपलब्ध छैन ।


त्यसबाहेक भन्सार जाँचपास घरको समेत अभाव रहेको छ । यसले भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । थप निर्माण हुन लागेका अन्य पूर्वाधारमध्ये क्वारेन्टाइन भवनमा तल्ला थप्ने र डोर मेट्री भवनमा तल्ला थप्ने प्रयोजनका लागि ४ करोड ८० लाख विनियोजन भएको छ ।


यसबाहेक सवारी चालकको भान्सा सेड निर्माणका लागि ९५ लाख, गेट अफिस र सुरक्षा भवनका लागि ९८ लाख विनियोजन भएको छ । यिनको निर्माणको टेन्डर प्रक्रिया हाल जारी रहेको छ । आईसीपी निर्माण हुँदा ताकानै सेवाग्राहीले बिशेष गरी गोदामको कमी र कर्मचारी आवास गृह नभएको आवाज उठाउदै आएका थिए । यी बाहेक हाल आईसीपी परिसरमा पार्किङ्ग यार्ड अभाव रहेको छ । यार्ड नहुदा भारतबाट आउने मालबाहक ट्रकहरू बाटोमै पार्किङ्ग गरेर राख्नु परेको छ ।


भन्सार एजेन्ट श्यामबाबु पटेल त्यति बेला नै आयात निर्यातकर्ता तथा आफूहरूले समेत गोदामको अभावको कुरो जोडतोडका साथ उठाएकोमा त्यसलाई नजरअन्दाज गरिएकाले हाल समस्या भएको बताए ।


भारतीय कम्पनी राइट्स योजना व्यवस्थापन सल्लाहकार रहेको यो परियोजना भारतीय ठेकेदार कम्पनीहरू केएस सफ्टनेट सोल्युसन्स र नागार्जुना कन्स्ट्रक्सन कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन् । एकै छानामुनि भन्सार, आप्रवासन, क्वारेन्टाइन, सीमा सुरक्षा जस्ता संस्थाहरू आउनाले मानवीय तथा मालसामानको अन्तरदेशिय आवतजावतलाई झन्झटरहित बनाउने प्रयास स्वरूप भारतले नेपाल र आफ्नो भूमिमा समेत गरी आईसीपी निर्माण गरेको हो ।


आधुनिक संरचना, पर्याप्त भवन कार्यालय, सभा हल, माल सामान व्यवस्थापन जाँच, पार्किङ, तौल मेशिन, बैंकिङ सुविधा, प्राथमिक उपचार केन्द्र, कफि हाउस, सुरक्षाकर्मी बासस्थान, छात्रावास, आयात/निर्यातको लागि छुट्टै व्यवस्था जस्ता सुविधा यहाँ उपलब्ध भए पनि डिजाइनमै कर्मचारी आवास गृह नरहेको र गोदाम २ वटा ती पनि ससाना मात्र राखिएको थियो । नेपालको आधाभन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार आईसीपीबाटै हुने भएकाले यहाँ हुने पूर्वाधार तथा सुविधाले मुलुककै आयात निर्यात व्यापारमा ठूलो महत्त्व राख्छ ।

Esewa Pasal

प्रकाशित : श्रावण ३०, २०७५ ११:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिरोले चार घर पुर्‍यो

कान्तिपुर संवाददाता

म्याग्दी — भारी वर्षपछि आएको पहिरोले मालिका गाउँपालिका-२ विल्वाङमा दुई घर पुरेको छ । पहिरोमा परी ४२ वर्षीया मीना पुन घाइते भएकी छन । पहिरोले खगप्रसाद पुन, मीन पुन, चीजमान पुन र नोटबहादुर पुनको घर पुरिएको घटनास्थलबाट मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले जानकारी गराए ।  

त्यसैगरी भारी वर्षापछि आएको पहिरोले अन्नपूर्ण गाउँपालिका-३ दाना गुईठेमा ६ घर उच्च जोखिममा परेपछि अन्यत्र स्थानन्त्रण गरिएको छ । पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध बनाएको छ ।

लगातारको वर्षाले यत्रतत्र पहिरो खसेपछि मुस्ताङ सीमावर्ती अन्नपूर्ण गाउँपालिकाले अति जरुरी काममा बाहेक तत्काल बेनी–जोमसोम सडकमा यात्रा नगर्न भनेको छ । अन्नपूर्ण गापा क्षेत्रको भीरकाटे, गुईठे र काप्रे भीरमा जोखिम छ । तातोपानीमा कालीगण्डकी नदीले सडक कटान गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT