कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्ज–काठमाडौं रेलमार्ग प्राथमिकतामा

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित भारतीय महावाणिज्यदूत बीसी प्रधानले भारत सरकारले वीरगन्ज काठमाडौं रेलमार्ग निर्माण परियोजनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

वीरगन्ज–काठमाडौं रेलमार्ग प्राथमिकतामा

भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा महावाणिज्य दूतावासमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भारत सरकारले वीरगन्ज काठमाडौं रेलमार्ग निर्माण परियोजनालाई आफ्नो उच्च प्राथमिकता सूचीमा राखेको छ ।’ अनुमानित १ सय १३ किलोमिटर लामो यो रेल मार्ग निर्माणको सम्झौता पनि छिट्टै हुनेमा आफू आशावादी भएको पनि उनले बताए ।

यसबाहेक जयनगर–जनकपुर–बर्दिबास रेल्वे, जयनगर–कुर्था रेल लाइन निर्माणको काम अन्तिम चरणमा रहेको उनले बताए । जोगबनी–बिराटनगर, बथनाहा–बिराटनगर रेलमार्गका काममा पनि उत्साहजनक प्रगति भएको उनलेको कथन थियो । यसका साथै भारत सरकारले नेपालगन्ज रोड–नेपालगन्ज र न्यु जलपाईगुडी–काँकडभित्ता रेलमार्ग निर्माणको काम पनि अघि बढाउने योजना बनाएको प्रधानले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई उच्च प्राथमिकतामा र असल तथा निकट छिमेकीको सूचीमा राखेको प्रधानले बताए ।

भारतीय सहयोगमै वीरगन्जमा हालै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको एकीकृत सुरक्षा जाँच चौकी भारतीय सहयोगको ठूलो उदाहरण रहेको दाबी गर्दै उनले भारतसँग सम्झौता हुन लागेको अन्य हवाई रुट, विभिन्न प्रसारण लाइन निर्माण, हुलाकी सडक निर्माण परियोजनमा भइरहेका प्रगति पनि दुई मुलुकको मित्रता र समझदारीको उदाहरण रहेको उनले बताए ।

दुवै मुलुक मिलेर भारत नेपाल पर्यटन मञ्च गठन गर्न सक्ने सम्भावना रहेको बताउँदै उनले रामायण र बुद्धिस्ट सर्किटलाई दुवै मुलुकले प्रवद्र्धन गर्न सक्ने बताए । ऊर्जाका क्षेत्रमा दुवै मुलुकले अरुण तेस्रो जलविद्युत् परियोजनामा गर्न लागेको साझेदारी र सहकार्य मित्रताको अनुपम उदाहरण रहेको उनले दाबी गरे ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?