महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्ध सम्भव छैन : मुख्यमन्त्री राउत 

सन्तोष सिंह

जनकपुर — मुख्यमन्त्री लालबाबु राउतले आधा जनसंख्या रहेको महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्धिको कल्पना समेत गर्न नसकिने बताएका छन् ।

महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्ध सम्भव छैन : मुख्यमन्त्री राउत 

दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटनमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुनैपनि बहानामा महिलालाई उपेक्षित गर्न नसकिएको बताएका छन् ।


महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमवद्ध रुपमा 'बेटी पढाउ बेटी बचाउ' लगायतका महिला मैत्री कार्यक्रम ल्याएको उल्लेख गर्दै राउतले शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाए ।


विभिन्न सामाजिक कुरीतिका कारण महिलाहरु वर्षौ देखि विभेदमा रहदैँ आएको टिप्पणी गर्दै राउतले प्रदेश सरकार त्यस्ता कुरीतिहरुकाे अन्त गर्न सशक्त कानून ल्याउन लागेको बताए ।


प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा समेत आरक्षणमा महिलाको लागि आधा सिट सुरक्षित गरेको उल्लेख गर्दै राउतले अन्य रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने बताए ।


कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले वालविवाह दहेज प्रथा जस्ता कुरीतिहरुले महिलालाई अन्यायमा पारेको बताउँदै त्यस्ता कुरितिहरुलाई अन्त गर्न प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने बताए ।


कार्यक्रममा प्रदेशभरीका प्रतिनिधिमुलुक बालिकाहरुको सहभागिता छ ।

प्रकाशित : भाद्र १, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?