प्रदेश २
भाद्र २, २०७५

रामवृक्ष स्मृतिसभामा ओली-दाहाल

माओवादी जनयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि २०५१ साल भदौ २ गते हत्या भएका मास्टरसाहेवका रूपमा चिनिएका रामवृक्ष यादवको स्मृतिसभामा नेकपामा दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल शनिबार उनको गाउँ बरमझिया पुगे ।

पाँच वर्ष सरकारलाई कसैले हल्लाउन सक्दैन : नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच वर्षसम्म वामपन्थी सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् । ‘यो सरकारलाई कुनै शक्तिले केही गर्न सक्दैन,’ उनले भने, ‘सरकार अब विभिन्न विकासका योजनाका साथ अघि बढेको छ ।’

नयाँ कानुन संहिता: सेवाग्राहीलाई अबिर–माला

जनकनन्दनी–३ कि ४३ वर्षीया निर्मला पण्डित शुक्रबार जग्गा किचलोसम्बन्धी मुद्दा बोकेर उच्च अदालत जनकपुर पुग्दा चकित भइन् । उनलाई अदालतका कर्मचारीले अबिर र माला लगाएर स्वागत गरे ।

अमलेखगन्ज–मोतिहारी पाइपलाइन: पाँच हजार रूख काटिने

अमलेखगन्ज– रक्सौल–मोतिहारी निर्माणाधीन तेल पाइपलाइन परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका करिब ५ हजार रूख काट्नुपर्ने भएको छ । पथलैयादेखि आधाभार हुँदै अमलेगन्ज नेपाल आयल निगम डिपोसम्मै निकुञ्जको वन क्षेत्र रहेको छ ।

झुला उत्सवको रौनक

सांस्कृतिक परम्पराअनुसार जनकपुरस्थित मठमन्दिरमा झुला महोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भएको झुला उत्सव पूर्णिमासम्म मनाउने परम्परा छ । जनकपुरमा झुला उत्सवको आरम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासबाट भएको बताइन्छ ।

ADVERTISEMENT
ADVERTISEMENT

लक्षित वर्गले पाएनन् सामान

पर्साको विन्दवासिनी गाउँपालिकामा लक्षित वर्गलाई वितरणका लागि खरिद गरिएको सामान ‘कमिसन’ विवादले गाउँपालिकाकै गोदाममा दुई महिनादेखि थन्किएको छ ।

भाद्र १, २०७५

महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्ध सम्भव छैन : मुख्यमन्त्री राउत 

मुख्यमन्त्री लालबाबु राउतले आधा जनसंख्या रहेको महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्धिको कल्पना समेत गर्न नसकिने बताएका छन् ।

जनकपुर पुनर्निर्माणको प्रभाव: ‘टेलिकमलाई ३६ करोडको क्षति’

जनकपुरधामको पुनर्निर्माण, सडक विस्तार, ढल निकास, ड्रेन (नाली) निर्माण र सडक कालोपत्रे गर्ने क्रममा नेपाल टेलिकमलाई ३६ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

इन्टरमोडलको आम्दानी २ करोड ६० लाख

वीरगन्जको एकीकृत सुरक्षा जाँच चौकी आईसीपी सञ्चालन गरेको इन्टर मोडल यातायात विकास समितिले गत आवमा २ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

बस्ती पुग्ने छैन बाटो

सखुवानानकारकट्टी ५ का चार घर दलित डोम परिवार आवतजावत गर्ने बाटो नहुँदा घेराबन्दीमा परेका छन् । पोखरीको डिल छेउ ऐलानी जग्गामा तीन पुस्तादेखि बसोबास गर्दै आएका डोम बस्तीसम्म पुग्ने बाटो नहुँदा उनीहरू घेराबन्दीमा परेका हुन् ।

‘बालविवाह–दाइजोविरुद्ध शून्य सहनशीलता’

बालविवाह र दाइजोलाई भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले दन्डकारी बनाएपछि त्यसलाई रोक्न र समाजमा सचेतना फिँजाउन जनप्रतिनीधि तयार भएका छन् ।