२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पाँच वर्ष सरकारलाई कसैले हल्लाउन सक्दैन : नेपाल

शिव पुरी

रौतहट — नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच वर्षसम्म वामपन्थी सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् । ‘यो सरकारलाई कुनै शक्तिले केही गर्न सक्दैन,’ उनले भने, ‘सरकार अब विभिन्न विकासका योजनाका साथ अघि बढेको छ ।’

पाँच वर्ष सरकारलाई कसैले हल्लाउन सक्दैन : नेपाल

कम्प्युटर एसोसिएसन नेपाल महासंघ रौतहट शाखाले शनिबार चन्द्रनिगाहपुरमा गरेको साईबर सुरक्षा एवं स्मार्ट सिटीसम्बन्धी प्रदेशस्तरीय गोष्ठीमा उनले सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका हुन् । विकास निर्माणको योजनाका साथ सरकार अघि बढेको उनको धारणा थियो । सरकारले देशमा भष्ट्रचार अन्त्यका लागि निकै कसरत गरिरहेको उनले सुनाए । ‘हरेक काममा सुझबुझका साथ सरकार अघि बढिरहेको छ,’ उनले भने,‘यस्तो सरकारलाई कसैले केही गर्न सक्दैन ।’ नेता नेपालले मन्त्रीहरुलाई भष्ट्राचार नगर्न सुझाव दिए । उनले देश र जनताको हितमा काम गर्न मन्त्रीहरुलाई आग्रह गरे ।


उनले साइबर र स्मार्टसिटीका बारेमा दिइएको जानकारीका बारेमा चासो लिएर सुनेका थिए । नेपालले साइबर अपराधबाट जोगीन सबैलाई आग्रह गरे । ‘हामी धेरैलाई यसबारे ज्ञान नहुन पनि सक्छ,’ उनले भने, ‘यसबाट जोगिनु पर्छ । विद्युतीय उपकरण प्रयोग र दुरुपयोगले समाजलाई नकारात्मक असर पुर्‍याउछ ।’


गोष्ठीमा प्रदेश २ का सूचना तथा सञ्चार प्रविधिमा आवद्ध सरकारी तथा गैरसरकारी संघसंस्था, व्यवसायीलाई साइबर सुरक्षासम्बन्धी जानकारी दिइएको थियो ।

प्रकाशित : भाद्र २, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?