वीरगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीको टोलीले काठमाडौं चन्द्रागिरि नपा ५ का ३१ वर्षीय अनिल सापकोटालाई लागूऔषधसहित पक्राउ गर्यो । शरीरमा सेटिङ गरी टेप लगाएर ५४/५४ गोटा डाइजोल्याब, नोफिन र फेनारगन उनको साथबाट बरामद भयो ।
दोस्रो नेपाल बालिका सम्मेलन ५ बँुदे जनकपुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले बालविवाह अन्त्यका लागि प्रदेशस्तरीय रणनीति तयार गरी योजनाबद्ध र सुदृढ तवरले अगाडि बढाउने निष्कर्ष निकालेको आयोजक भोरका अध्यक्ष राजकुमार महतोले बताए ।
मुद्दा दर्ता गराउनेहरूको चापले सधैं भीडभाड र अस्तव्यस्त देखिने बारा जिल्ला अदालत शुक्रबार सुनसान देखिएको थियो । न अधिवक्ताहरूको चहलपहल न सर्वसाधारणको ।
माओवादी जनयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि २०५१ साल भदौ २ गते हत्या भएका मास्टरसाहेवका रूपमा चिनिएका रामवृक्ष यादवको स्मृतिसभामा नेकपामा दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल शनिबार उनको गाउँ बरमझिया पुगे ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच वर्षसम्म वामपन्थी सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् । ‘यो सरकारलाई कुनै शक्तिले केही गर्न सक्दैन,’ उनले भने, ‘सरकार अब विभिन्न विकासका योजनाका साथ अघि बढेको छ ।’
जनकनन्दनी–३ कि ४३ वर्षीया निर्मला पण्डित शुक्रबार जग्गा किचलोसम्बन्धी मुद्दा बोकेर उच्च अदालत जनकपुर पुग्दा चकित भइन् । उनलाई अदालतका कर्मचारीले अबिर र माला लगाएर स्वागत गरे ।
अमलेखगन्ज– रक्सौल–मोतिहारी निर्माणाधीन तेल पाइपलाइन परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका करिब ५ हजार रूख काट्नुपर्ने भएको छ । पथलैयादेखि आधाभार हुँदै अमलेगन्ज नेपाल आयल निगम डिपोसम्मै निकुञ्जको वन क्षेत्र रहेको छ ।
सांस्कृतिक परम्पराअनुसार जनकपुरस्थित मठमन्दिरमा झुला महोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भएको झुला उत्सव पूर्णिमासम्म मनाउने परम्परा छ । जनकपुरमा झुला उत्सवको आरम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासबाट भएको बताइन्छ ।