२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००
प्रदेश २

Pradesh-2

फेरि भर्ना अभियान

जिल्लामा फेरि भर्ना अभियान सुरु गरिएको छ । धेरै संख्याका बालबालिका विद्यालयबाहिर रहेकाले दोस्रो चरणको विशेष अभियान थालिएको हो । रामवनमा शनिबार ६८ बालबालिकालाई विद्यालय भर्ना गरियो ।

फेरि भर्ना अभियान
भाद्र ३, २०७५

टेपभित्र लुकाएर लागूऔषध

वीरगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीको टोलीले काठमाडौं चन्द्रागिरि नपा ५ का ३१ वर्षीय अनिल सापकोटालाई लागूऔषधसहित पक्राउ गर्‍यो । शरीरमा सेटिङ गरी टेप लगाएर ५४/५४ गोटा डाइजोल्याब, नोफिन र फेनारगन उनको साथबाट बरामद भयो ।

टेपभित्र लुकाएर लागूऔषध

कानुन कार्यान्वयनमा जोड

दोस्रो नेपाल बालिका सम्मेलन ५ बँुदे जनकपुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले बालविवाह अन्त्यका लागि प्रदेशस्तरीय रणनीति तयार गरी योजनाबद्ध र सुदृढ तवरले अगाडि बढाउने निष्कर्ष निकालेको आयोजक भोरका अध्यक्ष राजकुमार महतोले बताए ।

कानुन कार्यान्वयनमा जोड

पहिलो दिन मुद्दा दर्ता भएन

मुद्दा दर्ता गराउनेहरूको चापले सधैं भीडभाड र अस्तव्यस्त देखिने बारा जिल्ला अदालत शुक्रबार सुनसान देखिएको थियो । न अधिवक्ताहरूको चहलपहल न सर्वसाधारणको ।

पहिलो दिन मुद्दा दर्ता भएन
भाद्र २, २०७५

रामवृक्ष स्मृतिसभामा ओली-दाहाल

माओवादी जनयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि २०५१ साल भदौ २ गते हत्या भएका मास्टरसाहेवका रूपमा चिनिएका रामवृक्ष यादवको स्मृतिसभामा नेकपामा दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल शनिबार उनको गाउँ बरमझिया पुगे ।

रामवृक्ष स्मृतिसभामा ओली-दाहाल

पाँच वर्ष सरकारलाई कसैले हल्लाउन सक्दैन : नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच वर्षसम्म वामपन्थी सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् । ‘यो सरकारलाई कुनै शक्तिले केही गर्न सक्दैन,’ उनले भने, ‘सरकार अब विभिन्न विकासका योजनाका साथ अघि बढेको छ ।’

पाँच वर्ष सरकारलाई कसैले हल्लाउन सक्दैन : नेपाल

नयाँ कानुन संहिता: सेवाग्राहीलाई अबिर–माला

जनकनन्दनी–३ कि ४३ वर्षीया निर्मला पण्डित शुक्रबार जग्गा किचलोसम्बन्धी मुद्दा बोकेर उच्च अदालत जनकपुर पुग्दा चकित भइन् । उनलाई अदालतका कर्मचारीले अबिर र माला लगाएर स्वागत गरे ।

नयाँ कानुन संहिता: सेवाग्राहीलाई अबिर–माला

अमलेखगन्ज–मोतिहारी पाइपलाइन: पाँच हजार रूख काटिने

अमलेखगन्ज– रक्सौल–मोतिहारी निर्माणाधीन तेल पाइपलाइन परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका करिब ५ हजार रूख काट्नुपर्ने भएको छ । पथलैयादेखि आधाभार हुँदै अमलेगन्ज नेपाल आयल निगम डिपोसम्मै निकुञ्जको वन क्षेत्र रहेको छ ।

अमलेखगन्ज–मोतिहारी पाइपलाइन: पाँच हजार रूख काटिने

झुला उत्सवको रौनक

सांस्कृतिक परम्पराअनुसार जनकपुरस्थित मठमन्दिरमा झुला महोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भएको झुला उत्सव पूर्णिमासम्म मनाउने परम्परा छ । जनकपुरमा झुला उत्सवको आरम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासबाट भएको बताइन्छ ।

झुला उत्सवको रौनक

लक्षित वर्गले पाएनन् सामान

पर्साको विन्दवासिनी गाउँपालिकामा लक्षित वर्गलाई वितरणका लागि खरिद गरिएको सामान ‘कमिसन’ विवादले गाउँपालिकाकै गोदाममा दुई महिनादेखि थन्किएको छ ।

लक्षित वर्गले पाएनन् सामान