प्रदेश २
भाद्र ८, २०७५

‘कोसी र गण्डक सम्झौता परिमार्जन आवश्यक’

नेपाल र भारतबीच भएको कोसी तथा गण्डक सम्झौता समयानुकूल परिमार्जन हुन नसक्दा दुई देशकै जनता दुवै नदीबाट बर्सेनि पीडित हुनुपरेको विज्ञ तथा पीडितहरूले बताएका छन् ।

१० वर्ष कर मिनाहा गर्न माग

जनकपुरधाम उप–महानगरपालिकामा सडक विस्तारका क्रममा भत्काइएका घरजग्गाको लगत कट्टा गरी क्षतिपूर्तिस्वरूप १० वर्षका लागि घर तथा सम्पत्ति कर मिनाहा गर्न कांग्रेसले माग गरेको छ ।

स्थानीय तहमा बेथिति: नगरपालिकाको हिसाबमै गलफती

गत आर्थिक वर्षमा भएको खर्चको विवरणमै गलफती हुन थालेपछि जिल्लाका १८ स्थानीय तहमध्ये १२ स्थानीय तहको परिषद् हुन सकेको छैन ।

राजमार्गमै पार्किङ ठेक्का

देशकै प्रमुख रामजमार्गका रूपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैयामा राजमार्गमै पार्किङ गर्न जितपुर सिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको छ ।

बगाउने डरले राति सुत्दैनन्

राजदेवी नगरपालिका ३ चण्डियाका ६८ वर्षीय गणेश साहको परिवार राम्ररी सुत्न नपाएको एक साताभन्दा बढी भइसक्यो । बागमती नदीमा पानीको सतह बढेपछि उनीहरूको निद्रा हराएको हो ।

आर्थिक अभावले उपचारमा समस्या

चन्द्रपुर नगरपालिका ६ डाबरीचोकका ७४ वर्षीय तोयनाथ तिमल्सिनाको एक महिनादेखि आँखामा आँसु टुटेको छैन । छोरालाई क्यान्सर लागेको थाहा पाएपछि तिमल्सिना परिवार पीडामा छ । उपचार गराउन रकम नभएपछि स्थानीय युवा ‘उद्धव बचाउ’ अभियानमा छन् ।

भाद्र ७, २०७५

अझै धामीझाँक्रीकै भर

ग्रामीण क्षेत्रका महिलाहरू अझै पनि बोक्सी, धामीझाँक्रीजस्ता अन्धविश्वास र कुरीतिको चपेटामा छन् । कानुनले बोक्सी आरोप लाउनेलाई सजाय तोके पनि बोक्सी आरोप लागेकालाई समाजले सहज स्वीकार गरेको छैन ।

कार्यकारी प्रमुख ८ घण्टा बन्दी

हंसपुर नगरपालिकाको दोस्रो नगरपरिषद्बाट पारित नीति, कार्यक्रम तथा बजेटको आधिकारिक निर्णय माग गर्दै उपप्रमुख रेणुदेवी झा तथा वडाध्यक्ष उदयकुमार साह नेतृत्वमा नगरपालिका कार्यालयअगाडि प्रदर्शन गरियो ।

बन्दीका खेलौनाले बजार पाएन

वीरगन्ज कारागारका महिला कैदीबन्दीले बनाएका खेलौनालाई बजारको समस्या भएको छ । २ महिनायता कारागारमै बसेर आकर्षक खेलौना बनाइरहे पनि खेलौना बिक्री नहँुदा उनीहरूको उत्साह घटेको छ ।

स्मार्ट सिटीतर्फ चन्द्रपुर नगर

चन्द्रपुर नगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि सम्बन्धित कन्सल्टेन्टले गुरुयोजनाको काम सुरु गरेको छ । केही दिनअघि विज्ञहरूको एक टोलीले नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानको सर्भे गरेका थिए ।

मोही किसानद्वारा धर्ना

भूमि अधिकार मञ्च बर्दिवासले मोही कृषकको समस्याप्रति सरकार उदासीन भएको भन्दै मंगलबार जलेश्वरस्थित भूमिसुधार कार्यालयमा धर्ना दियो ।