कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आर्थिक अभावले उपचारमा समस्या

रौतहट — चन्द्रपुर नगरपालिका ६ डाबरीचोकका ७४ वर्षीय तोयनाथ तिमल्सिनाको एक महिनादेखि आँखामा आँसु टुटेको छैन । छोरालाई क्यान्सर लागेको थाहा पाएपछि तिमल्सिना परिवार पीडामा छ । उपचार गराउन रकम नभएपछि स्थानीय युवा ‘उद्धव बचाउ’ अभियानमा छन् ।

आर्थिक अभावले उपचारमा समस्या

एक वर्षदेखि १९ वर्षीय छोरा उद्धव तिमल्सिना क्यान्सर रोगले पीडित छन् । उनको भक्तपुरमा ‘केमो’ चढाइएको छ । तोयनाथका दुई छोरामध्ये जेठो बौद्धिक अपाङता भएकाले कान्छो उद्धव बुवाआमाको साहारा थिए । ३ वर्षअघि उद्धवको दाहिने कानमा सामान्य घाउ देखियो । उपचार गराउन जाँदा काठमाडांैको पाटन अस्पतालमा शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिए । शल्यक्रियापछि घाउ निको भयो ।

गत वर्ष त्यही छेउमा सानो फोका आयो । पछि दुख्न पोल्न थाल्यो । छोराको दुखाइ सहन नसकेपछि शंका लागेर भक्तपुरस्थित क्यान्सर अस्पतालमा जचाउन लगिएको बुवा तोयनाथले बताए । ‘हेर्दा केही जस्तो लागेको थिएन,’ गहभरि आँसु पार्दै उनले भने, ‘पछि मासुको रिपोर्टमा क्यान्सर भनेर आयो । हामी त त्यहीं मुर्छा पर्‍याैं ।’ छोराको उपचारमा आफन्त र ऋण गरेर ३ लाख खर्चिएको उनले सुनाए ।

उद्धवलाई ७ वटासम्म केमो चढाउनुपर्ने चिकित्सकको भनाइ छ । एउटा केमोको ३० हजार पर्छ । प्रत्येक दिन १ हजार ५ सयका दरले बेडको रकम तिर्नुपर्छ । पहिलो चरणको क्यान्सर भएकाले बाँच्ने आश धेरै रहेको आफन्तहरू सुनाउँछन् । सम्पत्तिको नाममा एकधुर जमिन छैन । एैलानीमा सानो झुपडी बनाएर बसेका छन् । आर्थिक अभावले उपचार प्रभावित हुन थालेपछि स्थानीय युवाले ‘उद्धव बचाउ’ अभियान चलाएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन समस्यामा परेका उद्धवका परिवारका सदस्यले देश विदेशमा रहेका सवैसँग आर्थिक सहयोगको अपिल गरेका छन् । सहयोग गर्नेहरूले उनको परिवार तथा लुम्बिनी विकास बंैकमा सम्पर्क गर्न सकिने स्थानीय युवा सहदेव केसीले बताए ।

प्रकाशित : भाद्र ८, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?