१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

धमाधम बन्दै सरकारी भवन

जिल्ला अदालत, जिल्ला प्रशासन, नापी र कोष तथा लेखा नियन्त्रण कार्यालय भवन निर्माणको अन्तिम चरणमा छन्
रवीन्द्र उप्रेती

महोत्तरी — मुलुकले पुन:संरचनाको चरण पार गरेसँगै सरकारी कार्यालयमा धमाधम पूर्वाधार निर्माणका काम भएका छन् । द्वन्द्व कालमा क्षतिग्रस्त हात्तीलेट, भंगाहा सीतापुर, कट्टिकटैया, बलवा र भिट्ठामोड प्रहरी युनिटमा सुविधासम्पन्न भवन निर्माण भइसकेका छन् ।

धमाधम बन्दै सरकारी भवन

जिल्ला अदालत, जिल्ला प्रशासन, नापी र कोष तथा लेखा नियन्त्रण कार्यालय भवन निर्माणको अन्तिम चरणमा छन् ।

जिल्ला हुलाकको नवनिर्मित भवन उद्घाटनको पर्खाइमा छ । निर्माणाधीन भवनलगायतका पूर्वाधारले जलेश्वर भन्सारको मुहार फेरिँदै गएको छ । नयाँ पूर्वाधारले भन्सारको सेवा सुविधा र राजस्व असुलीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा जगाएको प्रमुख भन्सार अधिकृत केशव भण्डारीले जनाए ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय गौशाला र राष्ट्रिय अनुसन्धान विभागको नयाँ भवनको एक दिन अघिपछि गरेर केही समयअघि उद्घाटन सकिएको छ । यी भवन नयाँ र आधुनिक मात्र छैनन् । उत्तिकै सुविधासम्पन्न पनि देखिन्छन् । आरामदायी फर्निचर । आवास र वाइफाइ सुविधा । नयाँ पुस्ताका कम्प्युटर, प्रिन्टर र मन लोभ्याउने फूल बगैंचा । सवारी सुविधाले कार्यालयको काया र स्वरूप लोभलाग्दो पारेको छ । राज्यले यी दुवै कार्यालयका भवन निर्माणमा झन्डै ५ करोड खर्चेको छ ।

राज्य र दातृ निकायले अर्बाै खर्चेर निर्माण गरिदिएका यी सुविधासम्पन्न भवनबाट आमजनताले स्तरीय सेवाको अपेक्षा राखनु अस्वाभाविक हैन । यसअघि राम्रो सेवा दिन नसकिने कारणमध्ये पूर्वाधारको अभावलाई समेत औंल्याउने गरिन्थ्यो । राणाकालको अवशेषका रूपमा रहेका जीर्ण भवन र साँघुरा कोठामा कोचिएका सरकारी कार्यालयलाई पूर्वाधारको कठिनाइ थियो नै । नयाँ भवन निर्माणसँगै स्थिति फेरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले ‘सुविधासम्पन्न संरचनाबाट प्रभावकारी सेवा प्रवाहित भए मात्र राज्यको अपेक्षा पूरा हुने’ धारणा राखे । रेग्मीले जलेश्वरस्थित राष्ट्रिय अनुसन्धान कार्यालयको उद्घाटनमा ‘अब पनि सेवा सुरक्षा प्रभावकारी भएन भने राज्यले गरेको यति ठूलो लगानीको सार्थकता रहदैन’ भने ।

राष्ट्रिय अुनसन्धान विभाग फागुन ११ को निर्णले प्रधानमन्त्री कार्यालयको मातहतमा पुगेको छ । यसअघि यो गृहअन्र्तगत थियो । रेग्मीका अनुसार यो परिवर्तनसँगै राष्ट्रिय अनुसन्धानको दायरा पनि फराकिलो भएको छ । यसले राष्ट्रिय अनुसन्धानकर्मीको भूमिका पनि विस्तारित भएको उनले जनाए । ‘अब पनि हामीले आफनो कार्यशैली बदल्न र सुशासन दिन सकेनांै भने जनतामा परिवर्तनको अनुभूति कसरी गराउने ?’ उनले आफना सहकर्मी र राष्ट्रसेवक कर्मचारीसँग प्रश्न गरे ।

प्रदेश २ का प्रहरी अतिरिक्त महानिरीक्षक दिनेश अमात्यले सुविधा, पूर्वाधार र नयाँ संरचनाले प्रहरीको मनोबल बढाएको बताए । ‘बढेको मनोबलले अन्तत: जनतालाई सुरक्षा अनुभूति गराउन सहायोग पुर्‍याउँछ,’ अमात्यले भने

प्रकाशित : भाद्र ११, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?