कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

टिकुलिया घाटमा बेपत्ताको शव भारतमा भेटियो

शिव पुरी

रौतहट — रौतहटको गौर नगरपालिका-४ टिकुलिया घाटमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ता भएकी १० वर्षीया उस्मा पटेलको सोमबार फेला परेको छ । 

टिकुलिया घाटमा बेपत्ताको शव भारतमा भेटियो

भारतको जमुनाह घाटमा भारतीय सुरक्षा अधिकारीले शव फेला पारेका हुन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घटनामा अझै २ जना बेपत्ता भएको जानकारी दिए । उक्त घटनामा २४ जना पौडिएर बाँचेको थिए ।

यसैबीच प्रदेश-२ का मुख्य मन्त्री मोहम्मद लाल बाबुले मृतक परिवारलाई २ लाख रुपैयँको दरले सहयोग दिने बताएका छन् र उनले मृतक परिवारलाई किरिया खर्च बापत २५ हजारका दरले सहयोग गरेको बताए । मुख्य मन्त्री राउत आइतबार बिहान घटनास्थल पुगेका थिए । उनले पुल निर्माणको क्रममा ढिलासुस्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर जानकारी गराउने बताए।


गौर लगायत टीकुलियाका स्थानीयले पुल निर्माण कम्पनी पप्पु कन्टक्सनलाई करबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिएका छन ।।

प्रकाशित : भाद्र ११, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?