३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रदेश सरकारद्वारा सहिदकी पत्नीलाई रोजगारी

सन्तोष सिंह

जनकपुर — तेस्रो मधेश आन्दोलनका प्रथम सहिद सप्तरी हनुमानगर नगरपालिका–१का राजिव राउतकी श्रीमती निलम देवी राउतलाई मुख्य न्याधिवक्ताको कार्यालय प्रदेश २ मा नियुक्त गरिएको छ ।

प्रदेश सरकारद्वारा सहिदकी पत्नीलाई रोजगारी

सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको प्रदेश सरकारले कक्षा ५ सम्मको अध्ययन गरेकी राउतकी श्रीमतीलाई न्यायधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीमा नियुक्त गरेको हो ।


प्रदेश सरकारको पहिलो मन्त्री परिषद्को बैठकले प्रत्येक सहिद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उहाँलाई नियुक्ति गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए । मुख्यमन्त्री राउतले निलमदेवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।


‘नियुक्ति पत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले प्रत्येक सहिद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने प्रदेश सरकारको योजना छ’, उनले भने ।


‘सहिद परिवारबाट रोजगारी दिने कार्यको तथ्यांक संकलन भइरहेको छ’ मुख्यमन्त्री राउतले भने, ‘हामीले आह्वान गरी सकेका छौँ । सहिद परिवारका सदस्यलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौँ ।’


यस अघि सोही प्रदेश २ सरकारले महोतरी गाउपालिकाका शहीद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई नियुक्त गरेका थिए । मुख्य न्यायधिवक्ता कार्यालयले २ जना सहिदका श्रीमतीलाई रोजगारी उपलब्ध गराएको छ ।


मधेश आन्दोलन सहिद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार दुई जनालाई नियुक्त गरिएको हो । निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमश: सहायता उपलब्ध मुख्यमन्त्री राउतले बताए ।

प्रकाशित : भाद्र १२, २०७५ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?