२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘बेटी बचाऊ, बेटी पढाऊ’ भन्दै विश्व साइकल यात्रा

सिरहा — ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानका लागि भारतको गुजरातस्थित सोमनाथ मन्दिरबाट साइकल यात्रामा निस्किएकी सुनितासिंह चोकरलाई मंगलबार लहानमा स्वागत गरिएको छ ।

‘बेटी बचाऊ, बेटी पढाऊ’ भन्दै विश्व साइकल यात्रा


भारतको गुजरातस्थित सोमनाथ मन्दिरबाट १५ जुलाईमा साइकल यात्रा सुरु गरेकी चोकरको १ सेप्टेम्बरमा पशुपति नाथमा पुगेर टुंगिनेछ । उनले त्यो अवधिमा ५ हजार किमि साइकल यात्रा गर्नेछन् । मंगलबार लहान आइपुगेकी उनलाई मेरी चिल्ड्रेन एकेडेमी प्रिन्सिपल पाण्डब हमाल ठकुरी लगायत विद्यार्थी, शिक्षकहरूले स्वागत गरे ।


उत्तरी भारत र मधेसमा समेत छोरीलाई शिक्षामा अझै पनि केही हदसम्म विभेद रहेकाले अन्त्यका लागि बेटी बचाऊ, बेटी पढाउँm अभियानमा साइकल यात्राम निस्केको चोकरले बताइन् । ‘छोरीलाई शिक्षा दिनुपर्‍यो र शिक्षाको उपयोगिताका लागि केही मात्रामा स्वतन्त्रता दिनुपर्छ,’ उनले भनिन्, ‘यही सन्देश छर्न पनि एक्लो साइकल यात्रामा निस्केकी हुँ ।’ उनको यो साइकल यात्रा १६ औं पटक हो ।


यसअघि उनले भारतको कन्या कुमारीदेखि खारदुला काश्मिरसम्मको ४ हजार ६ सय ५६ किमि ४५ दिनमा साइकलबाट यात्रा तय गरेको बताइन् । उनले नेपाल र भारतको यो साइकल यात्रालाई वातावरण जोगाउन रूख रोपौं भन्ने नारा समेत दिएकी छन् । अहिलेसम्म ७ हजार बिरुवा रोपिसकेकी उनले सन् २०११ मा सगरमाथाको आरोहण समेत गरेको जानकारी दिइन् ।


‘रूख रोप्नुभन्दा बचाउनु ठूलो कुरो हो’ बेटी बचाऊ, बेटी पढाऊ अभियानका लागि हरियाणाका एम्बेस्डर समेत रहेकी उनले भनिन्, ‘साइकल समेत वातावरणमैत्री हो, त्यसैले साइकल यात्रा नै रोजें ।’ सन् २०१२ मा बीएसएफ, २०१३ मा भारत गौरव, २०१६ मा नारी शक्ति र २०१८ मा कल्पना चावला पुरस्कार पाइएकी छन् ।

प्रकाशित : भाद्र १३, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?