कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बर्सेनि बढ्दै औद्योगिक दुर्घटना

पर्सा — बाराको रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा चैत २७ गते ठूलो मोलासिसको ट्यांकी बिष्फोट भयो । दुर्घटनामा परी उद्योगको बोइलिंग हाउसमा फिटरको काम गर्ने मजदुर राम सिनेही र सुरक्षा गार्ड कमलेश्वर साह कानुको ज्यान गयो । दुर्घटनामा परी अन्य आधा दर्जन मजदुर घाइते भएका थिए ।

बर्सेनि बढ्दै औद्योगिक दुर्घटना

पर्सा–बारा औद्योगि करिडोरमा बर्षेनी बढ्दै गएका दुर्घटनाको यो पछिल्लो उदाहरण हो । श्रम कार्यालय वीरगन्जको तथ्यांकले पनि करिडोरका उद्योगमा दुर्घटनासँगै हताहती हुने मजदुरको संख्या पनि बढ्दो क्रममा रहेको देखाउँछ । तथ्यांक अनुसार, गत आर्थिक बर्षमा यो करिडोरका विभिन्न उद्योगमा भएका दुर्घटनामा परी ५ मजदुरले ज्यान गुमाएका छन् । डेढ दर्जन मजदुर घाइते भएका छन् । अघिल्लो आर्थिक वर्षमा दुर्घटनामा परी २ मजदुरले ज्यान गुमाएका र ९ मजदुर घाइते भएका थिए । उद्योगले पनि सबै दुर्घटनाको विवरण कार्यालयमा नपठाउने हुँदा हताहतीको संख्या थप बढी हुन सक्छ ।


कार्यालयको रेकर्डमा करिडोरमा ५ सय ९० उद्योग छन् । ती उद्योगमा १७ हजार ५ सय मजदुर कार्यरछन् ।


मजदुर नेताहरू दुर्घटना र मजदुरको हताहती बढ्नुमा श्रम कार्यालयको निष्कृयता, उद्योग व्यवस्थापनको लापर्वाही लगायतका कारण प्रमुख रहेको आरोप लगाउँछन् । अखिल नेपाल ट्ेरड युनियन महासंघका केन्द्रीय सदस्य बेनी तिमल्सेना उद्योगहरूमा दुर्घटना बढ्नुको कारणहरूमा उद्योग व्यवस्थापनले मजदुरको स्वास्थ्य र सुरक्षासम्बन्धी व्यवसायजन्य नियमलाई खर्च र अतिरिक्त बोझको रूपमा बुझ्नु प्रमुख कारण रहेको बताउँछन् ।


‘यसरी उद्योग व्यवस्थापन र श्रम कार्यालयले पनि मजदुरको स्वास्थ्यसम्बन्धी चेतनाको स्तर उकास्न खासै काम पनि नगर्ने गरेकाले अधिकांश मजदुर जोखिमपूर्ण रूपमा उद्योग व्यवसायमा काम गरी रहेका हुन्छन् ।’


अखिल नेपाल ट्ेरड युनियन महासंघ प्रदेश २ का सह–इन्चार्ज तथा औद्योगिक मजदुर संघका केन्द्रीय उपाध्यक्ष अर्जुन चिमरिया श्रम ऐन, कानुन बने पनि उद्योग व्यवस्थापनले लागु नगर्दा ठूलो समस्या भइरहेको बताउँछन् । कानुनमा उद्योगमा मजदुरको सुरक्षाका लागि उद्योग व्यवस्थापनले छेकबार, जुत्ता, सुरक्षाका अन्य सामानहरू उपलब्ध गराउनुपर्ने व्यवस्था छ । सिमेन्ट, डन्डी उद्योगहरूमा सुरक्षासम्बन्धी यी सामान्य नियमको पनि पालना नहुने भएकाले त्यस्ता उद्योगमा दुर्घटना बढी हुने गरेको उनको बुझाइ छ ।


उद्योगले मजदुरको हितमा नियम कानुन पालना गरे नगरेको कुराको अनुमगन गर्ने नियमनकारी निकाय श्रम कार्यालयले पनि बेलाबेलामा उद्योगहरूको आकस्मिक निरीक्षण नगर्दा समस्या बढ्दै गएको उनले बताए । मजदुरलाई अतिरिक्त काम गराएर उनीहरूको ज्यान जोखिममा पार्ने कामको नियन्त्रण गर्न मजदुर युनियनका नेताहरू आफैंले पनि नियमित अनुमगन गर्न र दबाब दिन नसक्नु पनि आफूहरूको कमी कमजोरी रहेको उनले स्विकारे ।

प्रकाशित : भाद्र १३, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?