डुङ्गा दुर्घटना छानबिन आयोग गठन

रासस/याेन्हाप

गौर — गौर नगरपालिका–४ टिकुलिया बकैया खोलामा भएको डुङ्गा दुर्घटनाको कारण खोज्न विपत् व्यवस्थापन समिति रौतहटले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ । 

डुङ्गा दुर्घटना छानबिन आयोग गठन

गत शनिबार बेलुकी ७ बजे डुङ्गा सवार यात्रीमध्ये पाँचको मृत्यु भएको र २४ जना पौडेर बाँचेका थिए । घटनाको सत्यतथ्य सार्वजनिक गर्ने उद्देश्यले सहायक प्रजिअ धर्मानन्द जोशीको संयोजकत्वको उक्त आयोगमा जिल्ला प्रहरी कार्यालयका एक प्रहरी निरीक्षक, नेपाल पत्रकार महासङ्घ रौतहट, सडक डिभिजन कार्यालय र नेपाल रेडक्रस सोसाइटीका एकजना प्रतिनिधि रहनेछन् ।

प्रकाशित : भाद्र १३, २०७५ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?