प्रदेश २
भाद्र १४, २०७५

दुर्घटनामा सत्र जना घाइते

सप्तरीमा बिहीबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो ।

बाढीको चपेटामा सय विद्यालय

चारकोसे जंगलसँगै काँट गाउँ भन्ने बस्ती छ, त्यहाँ झन्डै एक हजार ५ सय जनसंख्या छ । बस्तीका बालबालिकालाई पढाउन गाउँले मिलेर झुपडी बनाए । त्यही झुपडीको नाम भयो– नेराप्रावि काँटगाउँ ।

खाँडो नदी प्रदूषित

सप्तरीको दक्षिणी क्षेत्र हुँदै बग्ने खाँडो नदी पछिल्लो समय दूषित बन्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा शौचालय सफा गरी सेफ्टी टयांकी सञ्चालकहरूले खाँडो खोलामै खुला रूपमा दिसा विसर्जन गर्न थालेपछि नदी दूषित बन्न पुगेको हो ।

पुनर्निर्माणले जनकपुरमा गति लिँदै

सफा, सुन्दर र रमणीय सहर बनाउन निर्माणाधीन सडक विस्तार, ग्राभेल, कालोपत्रे, ढल निकासका लागि ड्रेन निर्माण, टेलिफोन, इन्टरनेट, खानेपानी र विद्युत् लाइन विस्तारलाई तीव्र पारिएको छ ।

एम्बुलेन्स जुटाउन यज्ञ

गाउँमा एम्बुलेन्स खरिदका लागि आथिक स्रोत जुटाउन धनुषाको मिथिला नगरपालिका १० लालगढका स्थानीयले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरेका छन् ।

भाद्र १३, २०७५

डुङ्गा दुर्घटना छानबिन आयोग गठन

गौर नगरपालिका–४ टिकुलिया बकैया खोलामा भएको डुङ्गा दुर्घटनाको कारण खोज्न विपत् व्यवस्थापन समिति रौतहटले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ । 

पानी माग्दै खानेपानी कार्यालय घेराउ

महिना दिनदेखि धारामा पानी नआएको भन्दै लहान नगरपालिकाका वडा नम्बर ५ र ६ का गृहिणी महिलाहरुले बाल्टिन बोकेर पानी माग्दै बुधबार लहानस्थित खानेपानी संस्थान कार्यालय घेराउ गरेका छन् । 

कुष्ठरोगीलाई गाउँ निकाला

परोहा नगरपालिका–५ नमनग्रा टोलका ६० वर्षीय इनरदेव राम दुई चोटी गाउँ निकालामा परिसके । गल्ती उनको होइन । कुष्ठ रोग लागेको भन्दै उनलाई गाउँ निकाला गरिएको हो । रोग निको भएर एक वर्षअघि गाउँ फर्किएका राम दोस्रो पटक फेरि निकालामा परे ।

‘बेटी बचाऊ, बेटी पढाऊ’ भन्दै विश्व साइकल यात्रा

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानका लागि भारतको गुजरातस्थित सोमनाथ मन्दिरबाट साइकल यात्रामा निस्किएकी सुनितासिंह चोकरलाई मंगलबार लहानमा स्वागत गरिएको छ ।

सहिदकी पत्नीलाई जागिर

तेस्रो मधेश आन्दोलनका प्रथम सहिद सप्तरी हनुमानगर नगरपालिका–१ राजिव राउतकी श्रीमती निलमदेवी राउतलाई मुख्यन्याधिवक्ताको कार्यालय प्रदेश २ मा नियुक्त गरिएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

जनता आवास कार्यक्रम: सरकारी ‘इस्टिमेट’ मै त्रुटि

कुनै बेला जनता आवास कार्यक्रम निकै चर्चामा थियो । लोकप्रियता बटुल्न सरकारले जनता आवास कार्यक्रम ल्याएको थियो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले ल्याएको यो कार्यक्रम अहिले पनि कार्यान्वयनमै छ ।

बर्सेनि बढ्दै औद्योगिक दुर्घटना

बाराको रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा चैत २७ गते ठूलो मोलासिसको ट्यांकी बिष्फोट भयो । दुर्घटनामा परी उद्योगको बोइलिंग हाउसमा फिटरको काम गर्ने मजदुर राम सिनेही र सुरक्षा गार्ड कमलेश्वर साह कानुको ज्यान गयो । दुर्घटनामा परी अन्य आधा दर्जन मजदुर घाइते भएका थिए ।

राजमार्गमा जथाभावी पार्किङ

वीरगन्ज–पथलैया औद्योगिक करिडोरको सडकमा हुँदै आएको जथाभावी पार्किङ अझै सुध्रिएको छैन । राजमार्गको पार्किङ व्यवस्थापन गर्न ट्राफिक प्रहरी कस्सिएपछि अव्यवस्थित पार्किङ गर्ने सवारी साधनको भागाभाग लागेको थियो ।

किसानलाई बाँडियो बिग्रेको मल

धानको मुख्य सिजनमा मल अभाव भएपछि कृषि सामग्री केन्द्रले गोदाममा थन्किएको डल्ला (बिग्रेको) परेको मल किसानलाई बाँड्न पठाएको छ । भारतबाट आउनुपर्ने मल आउन नसकेपछि वीरगञ्ज गोदाममा रहेको डल्ला परेको मल सर्लाही ल्याइएको हो ।