३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रदेश २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको शुभारम्भ

सन्तोष सिंह

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आजदेखि औपचारिक शुभारम्भ गरिएको छ ।

प्रदेश २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको शुभारम्भ

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा मुख्यमन्त्री राउतले प्रदेश २ मा ‘बेटी पढाउ बेटी बचाउ’ अभियान कार्यक्रमको औपचारिक शुभारम्भ भएको घोषणा गरेका हुन् । प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेश सभा सदस्यहरुको उपस्थितिमा अभियान शुभारम्भ भएको समारोहमा मुख्यमन्त्री राउतले बताए ।


अभियानमा मुख्यमन्त्रीको नाम जोडिए पनि कार्यक्रममा सबैको सक्रिए सहभागिता आवश्यक रहेको बताए । भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्नु राउतले प्रदेश विकासकालागि समाजिक रुपान्तरण गर्न ‘बेटी पढाउ बेटी बचाउ’ अभियान कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

‘बेटी पढाउ बेटी बचाउ’ अभियानको सबै तिरबाट साकारात्मक प्रतिक्रिया आएको बताउदै सबैको सहयोगले कार्यक्रम उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।


प्रकाशित : भाद्र १५, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?