प्रदेश २ मा कृष्णाष्टमीको सार्वजनिक बिदा

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ मा कृष्णाष्टमीको सार्वजनिक बिदा

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा सरकारी कार्यालयले अटेर गर्दै आएको बेला प्रदेश सरकारले भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि प्रदेश सरकारले दिएका सार्वजनिक बिदाको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालतले अटेर गर्दै कार्यालय खोलेका थिए ।


यसअघि राक्षाबन्धनको बिदा अटेर गरी कार्यालय खोलेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले नेपाल राष्ट्र बैंकमा तालाबन्दी गरेका थिए ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कृष्णाष्टमीको सार्वजनिक विदाको निर्णयसँगै तीनवटा विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषदको बैठकले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन विधेयक–२०७५, प्रदेश उद्योग व्यवस्थापन विधेयक–२०७५ र समाजिक विकास मन्त्रालयसँग सम्बन्धित उच्च शिक्षाको व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको हो ।


प्रकाशित : भाद्र १५, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?