कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

किर्ते नागरिकता बनाउने धरौटीमा

सन्तोष सिंह

जनकपुर — सरकारी दस्तखत तथा छाप किर्ते गरी मृत्यु भएका व्यक्तिको नामबाट नक्कली नागरिकता बनाएर जग्गा बिक्री गर्न खोज्ने तीन जना धरौटीमा छुटेका छन् ।

किर्ते नागरिकता बनाउने धरौटीमा

१८ वर्षअघि मृत्यु भइसकेको नागरिकता फोटो हालेर मालपोतबाट जग्गा बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका तीन जनालाई धनुषा जिल्ला अदालतले धरौटीमा छोडेको हो ।

०५७ वैशाख १० गते मृत्यु भएका जनकपुर उपमहानगरपालिकाका–१४ का फुलगेन साहको नागरिकतामा फोटो परिवर्तन गरी रौतटह चन्द्रनिगाहपुर–१० का ६७ वर्षीय रामएकवाल साहले आफ्नो फोटो राखी फुलगेन साहको जग्गा बिक्री गर्न खोज्दा पक्राउ परेका साह सहित ३ जना धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत धनुषाको मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सरकारी दस्तखत तथ छाप किर्ते गरेको आरोपमा पक्राउ परेका रामएकवाल साहलाई ५० हजार, चन्द्रनिगाहपुर–१० कै ५२ वर्षीय योगेन्द्र साहलाई ३० हजार र चन्द्रनिगाहपुर–४ का अनन्त प्रसाद चौधरीलाई समेत ३० हजार धरौटीमा छोडने आदेश दिएको हो ।

रामसागर साहका छोरा
पुलगेन साहको नाम रहेको नागरिकतामा सरकारी दस्तखत तथ छाप किर्ते गरी रामएकवाल साहले आफनो फोटो राखेर नागरिकता बनाएका थिए ।

फुलगेन साहको जग्गा बिक्री गर्न किर्ते नागरिकता बनाएका रामएवालले सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल राष्ट्र बैंकमा खाता समेत फुलगेन साहको नाममा खोलेका थिए ।

सरकारी दस्तखत तथ छाप किर्ते आरोपमा पक्राउ परेका तीनै जानलाई ०५७ साउन २० गते मालपोत कार्यालय धनुषामा जग्गा बिक्रि गर्न खोजेको आरोप लगाए पनि तीनै जना साउन १९ गते जनकपुर बस पार्कमा प्रहरीलाई गालीगलौज गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको र बरदातभन्दा अगाडि नै प्रहरी हिरासतमा रहेको हुनाले प्रतिवादीहरूलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम गर्ने गरी मुलुकी ऐन २०७४ को दफा ६८ बमोजिम धरौटीमा छोडने न्यायाधीश उप्रेतीले आदेश दिएको हो । किर्ते नागरिकता बनाएर जग्गा बिक्री गर्न खोज्ने मुख्य योजनाकार भने फरार छन् ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?