३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अपराधमा युवाको संलग्नता बढी

शंकर आचार्य

पर्सा — जिल्लामा हुने गरेका अपराधमा युवाहरूको संलग्नता बढी हुने गरेको पाइएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षमा अपराध बढेको र यससँगै युवाको अपराधमा संलग्नताको दर पनि डरलाग्दो रूपमा बढिरहेको देखिएको छ ।

अपराधमा युवाको संलग्नता बढी

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार अपराधमा संलग्नमध्ये १६ देखि २५ वर्ष उमेर समूहका बढी रहेका छन् । त्यसैगरी, जिल्लामा बढी अपराध जेठ महिनामा र आइतबार भएको पनि तथ्यांकले देखाएको छ । कुल अपराधमध्ये बढी अपराधका घटना दिउँसो १२ देखि साँझ ६ बजेसम्म हुने गरेको पाइएको छ ।

गत आवमा जिल्लामा कुल ८ सय ७४ अपराध भएकोमा तीमध्ये जेठ महिनामा सर्वाधिक १ सय २ वटा अपराध भएका छन् । त्यसैगरी कुल अपराधमध्ये १ सय ५० अपराध आइतबार भएका छन् ।

कुल अपराधमध्ये जघन्य फौजदारी अपराध कर्तव्य ज्यान १९, जबर्जस्ती करणी १६, जबर्जस्ती करणी उद्योग ९, अपहरणका अपराध ५ वटा भएका छन् । अपराधमा संलग्न व्यक्तिमध्ये १६ देखि २५ वर्ष उमेर समूहका ५ सय ३६ जना छन् । अघिल्लो वर्ष जिल्लामा ६ सय ६१ अपराधका घटना भएका थिए । त्यस वर्ष पनि अपराधमा संलग्न व्यक्ति बढी युवा नै थिए ।

जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक ज्ञानकुमार महतो अपराध घटाउने कुनै दिन, बार वा महिना विशेष नहुने बताउँछन् । तर प्राय: सबै वर्ष अपराधीको बढी जसो उमेर समूह १६ देखि २५ हुनुले युवाको अपराधमा संलग्नता बढिरहेको देखिएको उनले बताए ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?