१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सेयर सचेतना प्राथमिकतामा

जनकपुर — समृद्ध प्रदेश निर्माण गर्न सेयर सचेतना तथा लगानी अभियानलाई प्राथमिकता दिनुपर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

सेयर सचेतना प्राथमिकतामा

नेपाली पुँजी बजार लगानीकर्ता संघ प्रदेश २ ले शुक्रबार जनकपुरमा आयोजन गरेको ‘नेपाल पुँजी बजारमा वर्तमान सेयर बजारको अवस्था तथा चुनौतीहरू’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘प्रदेशलाई सम्मुनत बनाउनु छ भने बैंकमार्फत कारोबार गर्नुपर्दछ । सेयर लगानी तथा सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्दछ ।’

प्रदेश २ मा अनेकौ ठूलठूला उद्योगधन्धा तथा मुलुककै प्रतिष्ठित व्यवसायी घरानाको बसोबास रहे पनि प्रदेशको विकास हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । उनले जनकपुरमा सेयर बजार ब्रोकर कार्यालय सञ्चालन गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘प्रदेश सरकार उद्योगमैत्री वातावरण निर्माण गर्दैछ । अब उद्योगी व्यवसायीलाई लगानी गर्न सजिलो हुनेछ,’ उनले भने । मुलुकको अर्थतन्त्रमा प्रदेश २ का जनताले २७ प्रतिशत राजस्वको योगदान दिए पनि प्रदेशको विकासमा हालसम्म चासो नलिइएको उनले गुनासो गरे ।

जनकपुरमा पहिलोपटक आयोजित सेयर बजारसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाली पुँजी बजार लगानीकतार् संघकी राष्ट्रिय अध्यक्ष राधा पोख्रेलले प्रदेश २ मा सेयर बजारको पर्याप्त सम्भावना रहेको बताइन् । उनले भने, ‘यहाँ उद्योगधन्धा छ । लगानी कर्ताहरू छन् । अनि सेयर बजारको विकास नहुने प्रश्नै उठदैन ।’

जनकपुरमा पहिलोपटक आयोजित सेयर बजारसम्बन्धी अन्तरक्रियामा नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय जनकपुरका कार्यवाहक निर्देशक संजीव कुमार झा, सहयोगी विकास बैंकका विनय रिजाल तथा नेपाली पुँजी बजार लगानीकर्ता संघ, प्रदेश २ का सयोजक सरोज उप्रेती, उपाध्यक्ष अरुण श्रीवास्तव तथा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहलगायतले सेयर बजारको अवस्था तथा चुनौती बारे बोलेका थिए ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?