२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रदेश सरकारको निर्णय नमानेको भन्दै राष्ट्र बैंकको गेटमा मन्त्रीको धर्ना

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरे पनि जनकपुरमा रहेको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालत लगायतका सरकारी कार्यालयले भने त्यसको अवज्ञा गर्दै कार्यालय खोलेका छन् ।

प्रदेश सरकारको निर्णय नमानेको भन्दै राष्ट्र बैंकको गेटमा मन्त्रीको धर्ना

प्रदेश सरकारको निर्णयको अवज्ञा गरेको विरोधमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव राष्ट्र बैंकको गेट अगाडि गएर धर्नामा बसेका छन् ।.

गत बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले कृष्णाष्टमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा सरकारी कार्यालयले अटेर गरे पछि खुलेका कार्यालयहरु बन्द गराउन हिँडेका २० जना विद्यार्थीहरुलाई प्रहरीले पक्र‍ाउ गरेको छ ।

यसअघि पनि प्रदेश सरकारले दिएका सार्वजनिक बिदाको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालतले अटेर गर्दै कार्यालय खोलेका थिए ।

यसअघि राक्षाबन्धनको बिदा अटेर गरी कार्यालय खोलेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले नेपाल राष्ट्र बैंकमा तालाबन्दी गरेका थिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्ला प्रहरी प्रमुख मन्त्रीले धर्ना दिइरहेको स्थानमा पुगेका छन् । उनीहरुले धर्ना स्थगन गर्न आग्रह गरेका छन् ।

मन्त्री यादवले भने सबै संघीय सरकार माताहातका कार्यालयहरुले पनि विदा मान्नु पर्ने र बन्द गराउँदै हिंड्द पक्राउ परेका २० जनालाई रिहा गर्नु पर्ने माग गरेका छन् ।

प्रकाशित : भाद्र १७, २०७५ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?