कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

३० वर्षदेखि पुलकै माग

बारा — करैयामाई गाउँपालिका–८, मा पाँचवटा गाउँ पर्छ । इटहर, बेलाही, श्रीसिया, औनिया र नरही पर्छ । यी सबै गाउँको मुख्य आउजाउ गर्ने तियर खालाबाटै हो ।

३० वर्षदेखि पुलकै माग

१० हजारभन्दा बढीको जनसंख्या रहेको यस वडाकै बीच भएर तियर खोला बगेको छ । इटहर र बेलाही गाउँको बीच भएर बगेको त्यही तियर खोलामा पक्की पुल बनाउन त्यहाँ स्थानीयले ३० वर्षदेखि माग गर्दैछन् ।

तर कसैले कहींबाट चासो देखाएका छैनन् । त्यसैले बाँसकै पुल बनाउन स्थानीयहरू गत तीन दिनदेखि व्यस्त छन् । ४० मिटरको बाँसको पुल उनीहरू बनाएका छन् ।

उनीहरूले बाँसको पुल लगाउँदै ।

स्थानीय पूर्वाधार तथा कृषि सडक विभागमा पुलको डीपीआर (विस्तृत परियोजना तयार) बनाउन कयौं पत्र तत्कालीन जिविसले लेखिसकेको छ । ‘न सर्भे भएको छ नत डीपीआर नै बनेको छ,’ वडाका वडा अध्यक्ष सुरेन्द्र साहले भने, ‘बाध्य भएर स्थानीयहरूले ती पुलमा हाम्रो सहयोगमा बाँसको चचरी हालेर अस्थायी आवागमनका लागि पुल बनाएका छन् ।’

बारामा बाँसको पुल बगाएको खोला तरेर विद्यालय जाँदै विद्यार्थी

इटहरका रामबिलास साह सोनारले दैनिकीमा अप्ठयारो पार्ने पुल बनाउन ३० वर्षदेखि माग गर्दै आएको बताउँछन् । ‘तर न जनप्रतिनिधिले बनाइदिए न त सरकारले, उनले दु:खेसो पोखे, ‘त्यसैले बाध्य भएर जोखिम मोलेरै वारपार गर्न बाँसको पुल बनाएका छौं ।’

पुल नभएपछि इटहरस्थित श्री नेरा निमाविमा अध्ययनरत विद्यार्थी कहिले खोला तरेर जोखिम मोलेर आउँछन् । त कहिले बाढीले विद्यार्थी नआएको दिन विद्यालय बन्द रहने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य अभिभावक योगेन्द्रप्रसाद पटेलले बताउँछन् ।

प्रकाशित : भाद्र १९, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?