३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

यौन शोषण आरोपमा शिक्षक पक्राउ

सर्लाही — बालिकालाई यौन शोषण गरेको आरोपमा सोमबार लालबन्दीबाट एक शिक्षक पक्राउ परेका छन् । हरिपुर्वा नगरपालिका–८, बसन्तपुर घर भई हाल लालबन्दीमा बसेर होम टयुसन पढाउँदै गरेको २४ वर्षीय राम सिंहासन राय पक्राउ परेका हुन् ।

यौन शोषण आरोपमा शिक्षक पक्राउ

कलिला बालिकालाई घरमा टयुसन पढाउने क्रममा यौनजन्य क्रियाकलाप गरेको अभिभावकले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


शिक्षक रायले दुई बालिकालाई यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका रायलाई जिल्ला अदालतबाट म्याद थप गरी नयाँ कानुनअनुसार बाल यौन दुरुपयोग मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपानेले बताए ।

भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा नम्बर २ सय २५ मा बालयौन दुरुपयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजारसम्मको सजाय तोकेको छ ।


प्रकाशित : भाद्र १९, २०७५ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?