पाेखरीमा डुबेर दुई बालकको मृत्यु

रासस

पर्सा — पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

पाेखरीमा डुबेर दुई बालकको मृत्यु

दुवै जना रामगढवाको ज्योतिनगरस्थित मङ्गलबार बेलुका साथीसँग नुहाउन गएका थिए ।


अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बुधबार बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले बताए । दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

प्रकाशित : भाद्र २०, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?