चन्द्रपुर र गुजरा नगरपालिकाबीच सीमा विवाद बढेको छ । भूगोल नक्सामा चुरेसम्म गुजरा नगरपालिकाको सीमाक्षेत्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिओग्राफी इन्फरमेसन सिस्टमले देखाएपछि विवाद बढेको हो ।
भन्सार राजस्व छली आशंकामा चितवन प्रहरीले नियन्त्रणमा लिएको ट्रक चेकजाँचपछि अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाउँदा भन्सार प्रज्ञापनपत्र र बिलविजक नै गायब गरेको पाइएको छ ।
पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
ग्वाङखोलाको सङ्लो पानीमा माछा मर्नु ४२ वर्षीय बुद्धिबहादुर दर्लामीको दैनिकी हो । वीपी राजमार्गमा यात्राका क्रममा आइतबार साँझ माछा मार्दै गरेका बेला उनी भेटिए ।
बालिकालाई यौन शोषण गरेको आरोपमा सोमबार लालबन्दीबाट एक शिक्षक पक्राउ परेका छन् । हरिपुर्वा नगरपालिका–८, बसन्तपुर घर भई हाल लालबन्दीमा बसेर होम टयुसन पढाउँदै गरेको २४ वर्षीय राम सिंहासन राय पक्राउ परेका हुन् ।
चन्द्रपुर नगरपालिका ६ लमाहाकी ४५ वर्षीय फूलमाया पहर्नीको घाँटी दुखेको एक साता भइसक्यो । कारण अरू केही होइन । घरको छानाबाट बगेको पानी पिउनाले उनको घाँटीमा समस्या देखिएको हो ।
सप्तरीबाट फेरि एक जना भारतीय व्यापारीले नेपाली नागरिकता बनाएको खुलेको छ । भारतको सहरसा जिल्ला घर भएका व्यापारी केदार गुप्तासित सप्तरीको मलेकपुर स्थायी ठेगाना देखाएर रबी रौनियारको नाममा किर्ते नागरिकता रहेको खुलेको हो ।