प्रदेश २
भाद्र २७, २०७५

सुतिरहेका दिदीबहिनीमाथि तेजाब

चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र बहिनी १५ वर्षीया सुस्मितालाई मंगलबार राति अज्ञात समूह अनुहारमा तेजाब हालेर भागेको छ । घरमा सुतिरहेको अवस्थामा दुवैजनाको अनुहारमा तेजाबले आक्रमण गरिएको हो । फरार भएकाको पहिचान हुन सकेको छैन ।

गोदाममै थन्कियो अनुदानको चामल

जापान सरकारले गत वर्ष अनुदान सहयोगमा दिएको चामल औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्न ढिलाइ गर्दा उक्त चामल यहाँस्थित खाद्य संस्थानको गोदाममा थन्किएको छ ।

‘संविधानले विभेद गरेको गुनासो’

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत वरामले संविधानले आदिवासी जनजातिलाई विभेद गरेको बताएका छन् । आदिवासी जनजातिको पहिचानलाई बेवास्ता गर्दै राज्यले विभेदकारी कानुन निर्माण गरी अधिकारबाट वञ्चित गरेको बताए ।

अदालतका कर्मचारीबाटै ठगिए दलित

महोत्तरी जिल्ला अदालतमा कार्यरत एक जना कर्मचारीवाट स्थानीय दलित समुदायका व्यक्ति ठगिएका बताएका छन् । अदालतका खरिदार महोत्तरीको भंगाहा नगरपालिका–५ हात्तिसर्वाका ४३ वर्षीय राजकरण साहले दलित समुदायका व्यक्तिलाई आर्थिक लेनदेनमा ठगी गरेको आरोप छ ।

मूर्तिले पायो बजार

एक महिनादेखि वीरगन्जको तेजारथटोलमा भगवान विश्वकर्माको मूर्ति बनाइरहेका पन्नालाल र सोनालाल दाजुभाइ खुसीले गदगद छन् । यस वर्ष ५ दर्जन मूर्ति बनाएका उनीहरूको त्यसमध्ये झन्डै आधा मूर्ति बिक्री भइसके ।

विद्युतीय सिल लागेका कन्टेनर आए

कस्टम ट्रान्जेट डिक्लेरेसनको विद्युतीय सिल लागेको एउटा मालवाहक रेल्वे र्‍याक सोमबार साँझ सिर्सिया सुक्खा बन्दरगाह वीरगन्ज आइपुगेको छ । ९० वटा कन्टेनर बोकेको र्‍याक साँझ करिब ६ बजे यो बन्दरगाह भित्रिएको हो ।

हत्याको विरोधमा प्रदर्शन

जनकपुर (कास)– नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुन हत्याको विरोधमा तरुण दल धनुषाले मंगलबार यहाँ विरोध प्रदर्शन गरेका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिए । तरुण दल धनुषाका अध्यक्ष संजयकुमार लाभ, उपाध्यक्ष राकेश विक्रम साह, नगर अध्यक्ष पंकज महतो, नेवि संघका जिल्ला सभापति सुजित मिश्र, ललन चौधरी, विजेता झा सहित तरुण दल तथा नेविसंघसँग आवद्ध युवायुवतीले सरकार विरोधी नाराजुलुस गर्दै नगर परिक्रमा गरेका थिए । ।

भाद्र २६, २०७५

अज्ञात रोगको प्रकोप: तीन बालकको मृत्यु, चार सयभन्दा बढी बिरामी

सप्तरीको पूर्वोतरपिस्थत कञ्चनरूप नगरपालिकामा खुल्न नसकेको रोगका कारण तीन जना बालकको मृत्यु भएको छ । चार सय बिरामी परेका छन् । पछिल्लो १५ दिनको अवधिमा ती तीनै जना बालकको मृत्यु भएको हो ।

हिले सडकमा खाडल

यहाँका स्थानीय तहले गएको आर्थिक वर्षमा आफ्नो नगर क्षेत्रभित्र ठूलो रकम खर्चेर भित्री सडकमा कालोपत्रे र पीसीसी ढलान गरे । तर लामो दूरीका सडकहरूमा भने खाडल र हिलाम्मे छन् । यसले स्थानीयलाई आवतजावतमा समस्या छ ।

ADVERTISEMENT
ADVERTISEMENT

पुलको काम रोकियो

ठेकेदारले पुरानो दररेटमा निर्माणको काम गर्न नसक्ने भन्दै निहुँ खोज्न थालेपछि यहाँको राजदेवी नगरपालिका–३ स्थित निर्माणाधीन अवस्थामा काम बन्द छ । यसले रौतहट–सर्लाही सीमा पुलको निर्माण कार्य अन्यौल बनेको छ ।