२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रविधिले तान्यो सामुदायिकमा

सन्तोष सिंह

जनकपुर — निजी विद्यालयमा अध्ययनरत विद्यार्थी सामुदायिक विद्यालयको प्राविधिक शिक्षा अध्ययनतर्फ आकर्षित भएका छन् ।

प्रविधिले तान्यो सामुदायिकमा

कक्षा ८ सम्म निजी विद्यालयमा अध्ययन गरेकी जुसी महतोले प्राविधि शिक्षा अध्ययनका लागि जनकपुरस्थित याज्ञवल्क्य माध्यमिक विद्यालय रोजेकी छन । जुसी कम्प्युटर पढन कक्षा ९ मा सामुदायिक विद्यालय रोजेकी हुन् ।


महँगो शुल्क लिएर बेरोजगार उत्पन्न गराउने क्रम बढिरहेको समयमा विद्यालय तहदेखि नै विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी बढेको छ ।


२०७० सालदेखि सुरु गरिएको विद्यालय तहको प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी उत्साहित छन् । कक्षा ९ देखि १२ सम्म सम्बन्धित विषयमा स्नातक पढ्न पाउने भएपछि विद्यालय तहमा प्राविधिक विषय बढन विद्यार्थी उत्साहित छन । सामुदायिक विद्यालयमा नि:शुल्क प्राविधि शिक्षा अध्ययन सम्भव भएपछि विद्यार्थि उत्साहित भएका हुन् ।


विद्यालय तहमा प्राविधिक शिक्षा अध्ययन गरी रोजगारीको अवसर पाउने भएकोले कक्षा ९ बाटै विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न उत्साहित भएको याज्ञवल्क्य माध्यमिक विद्यालयका प्रधानध्यापक सञ्जयकुमार झा बताउँछन् । याज्ञवल्क्य माध्यमिक विद्यालयमा ०७३ देखि प्राविधिक शिक्षाअन्तर्गत कम्प्युटर शिक्षा लागू भएपछि विद्यालयमा विद्यार्थीको चाप बढेको प्रधानाध्यापक झाले बताए ।


प्राविधिक शिक्षाको कम्प्युटर सञ्चालन भएपछि निजी विद्यालायका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएकाले प्राविधिक शिक्षाका अन्य विषय थप्ने तयारी भइरहेको उनले बताए । विद्यालय तहको पढाइपछि नै रोजगारी पाउने उद्देश्यले विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न आउने गरेको प्रोग्राम कार्डिनेटर भरतकुमार साह बताउँछन् ।


आर्थिक समस्याका कारण मध्यमवर्गीय परिवारका अभिभावकले विद्यार्थीमा लगानी लगाउन चाहँदैनन्, साहले भने, ‘विद्यालय तहमा नि:शुल्क प्राविधिक शिक्षा सम्भव हुँदा मध्यम परिवारका विद्यार्थीको प्रविधिक शिक्षामा झुकाव बढेको छ ।’ विद्यालय अध्ययनपछि उच्च शिक्षाबाट वञ्चित हुँदा पनि प्राविधिक शिक्षाका विद्यार्थीले सहजै रोजगारी पाउने सम्भवना छ,’ उनले भने ।


कक्षा ९ मा ४८ जना विद्यार्थी प्राविधिकतर्फ कम्प्युटर अध्ययनका लागि धर्ना भएका छन् । विद्यालयमा कक्षा १० बाट एसईई उत्तीर्ण गरेपछि कक्षा ११ मा समेत प्राविधिक शिक्षा सञ्चालनमा आएको छ । धनुषाका ८ विद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ, कृषि विज्ञान, बाली विज्ञान, कम्प्युटर विज्ञान र सिभिल विज्ञान प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम लागू भएको शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?