कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपप्रधानमन्त्री यादवको विरोध गर्ने आशंकामा सीके राउतका ६ कार्यकर्ता पक्राउ

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराज, कञ्चनपुर र भारदहलगायतका स्थानबाट प्रहरीले मंगलबार सीके राउतको स्वतन्त्र मधेश गठबन्धनका ६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । 

उपप्रधानमन्त्री यादवको विरोध गर्ने आशंकामा सीके राउतका ६ कार्यकर्ता पक्राउ

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको कार्यक्रमलाई लक्षित गरि राउतका कार्यकर्ताले विरोधको कार्यक्रम गर्ने सूचनापछि उनीहरुलाई पक्राउ गरिएको हो ।


राउतका सप्तरी संयोजक सुरेन्द्र मधेशीसहितका कार्यकर्तालाई पक्राउ गरिएकाे हाे । यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउपछि प्रहरी नियन्त्रणमा रहेका राउत समूह बर्दियाका कार्यकर्ता राममनोहर यादवको मृत्युपछि कार्यकर्ताहरु उपप्रधानमन्त्री यादवप्रति आक्रामक बनेका छन् ।


फोरम अध्यक्ष समेत रहेका यादव मंगलबार दिउँसो २ बजे राजविराजमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउँदैछन् । सप्तरी प्रहरीले राउतको स्वतन्त्र मधेश गठबन्धनका ६ जना कार्यकर्तालाई पक्राउ गरेको पुष्टि गरेको छ । पछिल्लो समय सप्तरीमा राउत समूह कार्यकर्ताले खुल्ला रुपमा देश बिखण्डनका कार्यक्रमहरु गर्दै आएका छन् ।

प्रकाशित : आश्विन २, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?